भ्रष्टाचार र कुशासन बढ्दो,नेपाल १३१ औँ स्थानमा

मुलुक लोकतन्त्र हुँदै गणतान्त्रिक र संघियतामा गएर संविधान सभाले संविधान जारी गरेपनि मुलुकमा भ्रष्टाचार र कुशासन भने बढ्दै गएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बुधवार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१६’ को प्रतिवेदनअनुसार नेपाल दक्षिण एशियामा सवैभन्दा बढी भष्ट्राचार हुने देशको सुचीमा तेश्रो नम्वरमा परेको छ ।
भष्ट्रचार हुने सूचकाङ्कमा समावेश भएका १७६ देशमध्ये नेपाल कुल १०० पूर्णाकमा २९ अङ्क प्राप्त गरी १३१ औँ स्थानमा सूचीकृत भएको छ।
दक्षीण एशियामा पहिलोमा अफगानस्तान र दोश्रोमा बंगलादेश छन । दक्षिण एसियाली मुलुकमध्ये भुटान ६५ अङ्क प्राप्त गरी २७ औँ स्थानमा, भारत ४० अङ्क प्राप्त गरी ७९ औँ स्थानमा, मालदिभ्स, श्रीलङ्का ३६ अङ्क प्राप्त गरी ९५ औँ स्थानमा, पाकिस्तान ३२ अङ्कका साथ ११६ औँ स्थानमा छन्।
डेनमार्क र न्युजिल्यान्ड कुल १०० मा ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने सोमालिया १० अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएको छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.