भैरहवा, १३ माघ । लुम्विनी कासाई क्रीकेट क्वल लुम्विनीलाई १ सय १३ रनको पराकीलो अन्तरले हराउदै वेस्टक क्रीकेट क्लव बुटवल जारी जिल्ला स्तरीय सुपरलिगबाट ए डिभीजनमा प्रबेस गरेको छ । भैरहवा स्थित शिद्धार्थरगं सालामा जारी नेपाल टेलीकम रुपन्देही सुपर लिगमा बिहीबार भएको खेलमा कसाईका खेलाडीहरुले राम्रो प्रदर्शन गर्न सकेन् । टस जितेर पहीला ब्याटीन गरेको वेस्टनले ४० ओभरको खेलमा ३४ दशमलव २ ओभरमा १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
उक्त लक्ष्य पछ्याउने क्रममा कासाई २५ दसमलव २ ओभरमा ८२ रनमा समेटीदै अल आउट भए पछि वेस्टनले सहजै जित हासिल गरेको हो । वेस्टनकालागी देव खनालले ३१, भुवन पाण्डेले ३३ र राहुल कुमारले २८ रन बनाएका थिए । बलीनमा कासाईका एममहमद हुसेनले ४, सेस मान खाानले ३ , महेस मिश्रा र निराध अलीले १/१ बिकेट लिएका थिए । कासाईकालागी महेस मिश्राले २२ र गोनु चौरासियाले १२ रन बनाएका थिए । वेस्टनका सुभास बिकले ४, केसव पौडेलले ३, अर्जुन अधीकारी, देव खनाल र हरि खड्काले १/१ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच बेस्टनका देव खानाल घोषीत भएको आयोजक संस्था रुपन्देही क्रीकेट सघंका अध्यक्ष प्रसान्त बिक्रम मल्लले जानकारी दिए ।
नेपाल टेेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता अन्तरगर्त आगामी माघ १७ गते हुने अवको प्रतियोगीतामा स्टार क्रीकेट क्लव भैरहवा र बुटवल ११ बुटवल बिच प्रतिस्पर्धा हुने छ । फागुन ४ गते सम्म सचांलन हुने प्रतियोगीतामा तिन दिन बिश्राम लिइएको हो । अहीले डिभीजन बि मा रहेका क्रीकेट क्लवहरु बिच खेल भईरहेका छन् । प्रतियोगीताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्त खेलाडीले १० हजार, उत्कृस्त बलर र उत्कृस्त ब्याट्सम्यानल दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् । प्रतोयोगितामा रुपन्देहीका आठ बटा ए डिविजन क्लब र १२ बटा बि डिभीजनका क्लबहरुले भाग लिएका छन् ।