मेक्सीकोसंगको सीमामा पर्खाल लगाउने ट्रम्पको घोषणा

काठमाडौ । माघ १३। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सीकोसंगको सीमामा पर्खाल लगाउने घोषणा गर्नुभएको छ । राष्ट्रपतिको पद सम्हाले लगत्तै ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने आदेश जारी गर्नुभएको हो । ट्रम्पले मेक्सिकोको सीमामा लगाइने पर्खालको सवै खर्च मेक्सिकोले नै व्यहोर्ने बताउनुभयो । ट्रम्पले भनै झै पर्खाल नै लगाउने हो भने करोडौं डलर खर्च लाग्नेछ । उक्त निर्णयलाइ अमेरिकी संसदले अनुमोदन गर्नुपर्नेछ। एबीसी न्युजलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति ट्रम्पले सीमा क्षेत्रमा कडाइ गर्न १० हजार अध्यागमन अधिकारीहरु नियुक्त गरिने र अब अमेरिकाले आफ्ना सीमाहरुमा पुनः नियन्त्रण कायम गर्ने बताउनुभयो । मेक्सिकोको सीमामा २ हजार माइल लामो पर्खाल बनाउने विषय मुख्य चुनावी नारा बनाउनुभएको थियो । ट्रम्पको घोषणाको मेक्सिकोले भने विरोध गरेको छ । उसले सीमामा अमेरिकाले लगाउने पर्खालको खर्च व्यहोर्ने नसकिने पनि प्रष्ट पारेको छ । मेक्सिकोका राष्ट्रपति एनरिक पेना निटोले राष्ट्रका नाममा सन्देश दिँदै सीमामा पर्खाल लगाउने अमेरिकी निर्णय दुःखद भएको बताउनुभयो । अमेरिकी जनतासँग मेक्सिकोले सधैं मित्रतवत् व्यवहार गरेको भन्दै राष्ट्रपति एनरिकले अमेरिकासँग दुवै देशका जनताको हितमा हुने सम्झौता गर्न चाहेको उल्लेख गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.