थ्रेस होल्ड कति राख्ने बिषयमा दलहरु बीच सहमति हुन सकेन

काठमाडौ । माघ १३। संसदमा प्रतिनिधित्वका लागि चाहिने न्युनतम मत संख्या अर्थात थ्रेस होल्ड कति राख्ने भन्ने बिषयमा दलहरु बीच सहमति हुन सकेको छैन । राजनीतिक दल सम्बन्धी व्यवस्था गर्न बनेको बिधेयकमाथि राज्य ब्यवस्था उपसमितिमा विहिवार भएको छलफलमा सहमति नभएपछि असहमति थाती राखेर मुल समितिमा पठाउने निर्णय भएको छ । बैठकले थ्रेस होल्ड बारे टुंगो लगाउन समितिमै छलफल हुनुपर्ने ठहर गरेको छ । थ्रेस होल्ड राख्न मुख्य दल सकारात्मक भएपनि कति प्रतिशत राख्ने भन्नेमा विवाद छ । राजनीतिक दल सम्वन्धि विधेयकमा थ्रेस होल्ड राख्ने बारे कुनै प्रस्ताव गरिएको छैन । तर नेपाली कांग्रेस र माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले शुन्य दशमलव पाँच देखि १० प्रतिशत सम्म थ्रेस होल्ड राख्नुपर्ने माग गरेका छन । साना दलहरु भने थ्रेस होल्ड नै नराख्न दवाव दिइरहेका छन ।
उनीहरूले राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ र सङ्घीय संसद्का पदाधिकारी एवम् सदस्यको सुविधा र पारिश्रमिक सम्बन्धमा बनेको विधेयक, २०७३ मा रहेका सम्बन्धित प्रावधानमा समेत असहमति जनाएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.