निर्वाचनमा जान सरकारले गरेको प्रस्ताव मोर्चाद्धारा अस्विकार

काठमाडौ । माघ १७ । निर्वाचनमा सहयोग गर्न सरकारले गरेको आग्रहलाई संयक्त लोकतान्त्रीक मधेशी मोर्चाले अस्विकार गरेको छ । प्रधानमन्त्रि निवास बालुवाटारमा सोमवार भएको सत्तारुढ काग्रेस र माओवादी केन्द्र तथा मधेशी मोर्चाको बैठकमा निर्वाचनकालागि सहमति कायम गरी अघि वढ्ने विषयमा सहमति हुन सकेन ।
बैठकमा सत्ता पक्षले समय घर्कीदै गएको भन्दै स्थानीय निर्वाचनका लागि सहयोग गर्न मोर्चालाइ आग्रह गरेको थियो । तर संविधान संशोधन गरेर मात्र चुनावमा जानुपर्ने भन्दै मोर्चाले सरकारको प्रस्ताव अस्विकार गरेको हो । स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन स्वीकार गर्न नसकिने धारणा समेत आफुहरुले राखेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उहाँले दुवै पक्ष विच सहमतिका लागि निरन्तर छलफल गर्ने सहमति भएको पनि उहाँले जानकारी दिनुभयो । संविधान संशोधन विद्येयक, स्थानीय तहको निर्वाचन, स्थानीय तह पूनर्संरचना आयोगले पेश गरेको प्रतिवदेन लगायतका समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाउनुभएको थियो ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेताहरु प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरु उपस्थिति थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.