अक्सफोर्ड एकेडेमीले सप्ताहब्यापी कार्यक्रम सहित रजत महोत्सव मनायो

बुटवल, माघ .१९, अक्सफोर्ड एकेडेमीले आफ्नो रजत जयन्ती विविध कार्यक्रम सहित मनाएको छ । एकसाता सम्म चलेको महोत्सवको समापनका अवसरमा मंगलवार सम्मान तथा पुरस्कार वितरण र मुख्य समारोह आयोजना गरियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ हुने विद्यार्थी, परिक्षामा उत्कृष्ठ नजिता ल्याउने विद्यार्थीहरु तथा अतिरिक्त कृयाकलापका रुपमा आयोजना भएका हाजिरजवाफ, दौड प्रतियोगिता, जिल्ला स्तरीय वक्तृत्वकला, निबन्ध प्रतियोगीता, भलिवल लगायतका प्रतियोगितामा विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
यसैगरी विद्यालयका पुर्व प्राचार्य, कर्मचारी लगायतलाई सम्मान समेत गरिएको थियो । एक साता सम्म भएका खेलकुद,सास्कृतिक कार्यक्रम लगायतका गतिविधिको समापनका अवसरमा मंगलवार आयोजित कार्यक्रममा प्रमुख अतिथीका रुपमा सहभागी शिक्षा मन्त्रालयका सहसचिव टेकनारायण पाण्डेले अक्सफोर्ड एकेडेमीले शैक्षिक क्षेत्रमा गरेको योगदानको प्रशंशा गर्नुभयो । उहाँले शिक्षा क्षेत्रलाइ राजनीतिबाट टाढा राखेर व्यवसायिक रुपमा अघि बढाउनुपर्नेमा जोडदिनुभयो ।
एकेडेमीका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा परिक्षा सह नियन्त्रक पशुपति अधिकारी, जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, प्यासन अध्यक्ष लेखनाथ पौडेल, अक्सफोर्ड क्याम्पस प्रमुख मनोज मरासिनी, अक्सफोर्ड एकेडेमीका सदस्य सचिव दिनेश भुसाल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन प्राध्यापक अजित खनाल र माया घिमिरेले गर्नुभएको थियो ।

त्यसअघि सप्ताहब्यापी कार्यक्रम अन्तर्गत स्वागत कार्यक्रमका साथसाथै भुपु विद्यार्थीहरुको पुनरमिलन कार्यक्रम पनि एक कार्यक्रमका बिच सम्पन्न भएको थियो ।

कार्यक्रमका झलकहरु:

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.