दीप र महाविर मा सरस्वती पूजा सम्पन्न

बुटवल, १९ माघ । बुटवल-१०, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाइ स्कुलले बुधबार सरस्वती पूजा सम्पन्न गरेको छ ।
सरस्वती पूजामा विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीहरू उपस्थित भएर विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरेका थिए ।
विगतका वर्षमा सरस्वती पूजाका अवसरमा पुरस्कार वितरण कार्यक्रम गर्दै आइरहे पनि यस वर्ष विद्यालयको ३६ औा स्थापना दिवसको अवसरमा वितरण गर्ने जनाएको छ ।

विद्यालयले आउादो फागुन ४ र ५ गते आयोजना गरेको जिल्ला स्तरीय अन्तर मा.वि. गायन प्रतियोगिताका लागि रुपन्देही जिल्लाभित्रका सम्पूर्ण विद्यालयहरूलाई पत्राचार गरिसकेको र पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानी प्रतियोगितामा सहभागी भइदिनुहुन सबै विद्यालयहरूलाई अपील गरेको छ ।

यसैगरी बुटबल २ महाविर पथमा मारहेको महाविर ई. बोर्डिङ स्कुलले सरस्वती पूजा को अवसर पारेर विगतका वर्षमा सरस्वती पूजाका साथैशैक्ष्ीक उत्कृष्ट पुरस्कार वितरण कार्यक्रम
अतीरित्त किर्याकलाप मा सहभागी लाई सम्मान वक्ता हरु
यसैगरी पारी बुटवलको महाविर इग्ंिलस बोर्डिगं स्कुलले सरस्वती पुजाको अवसर पारेर शैक्षिक कार्यक्रम सहित पुरस्कार वितरण गरेको छ ।
त्यस अवसरमा बाषिर्क परिक्षामा उत्कृष्ठ तथा शैक्षिक कार्यक्रम र अतिरिक्त कृयाकलापमा विजयी हुनेलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
विद्यालयका प्राचार्य बाबुराम पौडेलको अध्यक्षता र वडाका अगुवा महेन्द्रकुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अभिभावक विनयकुमार विक, बुटवल माविका प्रअ अकर मुल्ला खान, उजिरसिंह माविका अध्यक्ष रमेश नेपाल,वडा नं २ का सचिव वलराम काफ्ले,४ का सचिव मेघराज काफ्ले, पत्रकार केशव भण्डारी, विद्यार्थी भरत कुावर लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन कमला ज्ञवाली र शिव खनालले गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.