बुटवल,१९ माघ ।नेकपा एमालेका नेता बामदेव गौतमले नेपाल विरुद्ध कसैले हस्तक्षेप गरेमा प्रत्येक ब्यक्ति सैनिक बनेर खडा हुन तयार रहेको बताएका छन । नेपाल उद्योग तथा ब्यवसायी महासंघ प्रदेश नम्वर ५ समन्वय परिषदको भेलालाई बुधवार बुटवलमा सम्वोधन गर्दै गौतमले एमाले ज्यूदो छउञ्जेल कुनै पनि विदेशीले नेपालमा हस्तक्षेप गर्न नसक्ने बताए । देश जोगाउन
एमाले भन्दा अर्को शक्ति नरहेको उल्लेख गरेका गौतमको भनाइ थियो ।
माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड नैतिकहिन खेलाडीका रुपमा परिचित
भएको गौतमको आरोप थियो ।
नेपाल उद्योग तथा ब्यवसायी महासंघ प्रदेश नम्वर ५ समन्वय परिषदको भेलालाई
बुधवार बुटवलमा सम्वोधन
पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले मुलुकमा ५ खर्बको औद्योगिक उत्पादन बाहिरबाट आउने गरेको तंथ्याक राख्दै जुन राष्ट्रिय आम्दानीको २५ प्रतिशत हुन आउने बताए ।
कार्यक्रममा एमाले नेता छविलला विश्वकर्मा, लिला गिरी, महासंघका विभिन्न
पदाधिकारीलगायतले वोल्दै मुलुकलाई आर्थिक सम्वृद्धिको दिशामा अगाडी बढाउन
सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।