सरकारले नै बाहाना खोजेर चुनाव रोक्न खोजेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौ । माघ १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र प्रधानमन्त्री पुष्पकमल दाहालले नै विभिन्न बाहानामा चुनाव नगराउने खेल खेलेको आरोप लगाएका छन । मेची-महाकाली अभियानबारे जानकारी दिन पार्टी कार्यालय धुम्वराहीमा बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अनेकौ वहानामा सरकार चुनाव नगराउने खेलमा लागेको तत्काल चुनावको मिति तोक्न माग गर्नुभयो । अवको झण्डै एक बर्षभित्र निर्वाचन नभए मुलक थप संकटमा फस्ने ओलीले चुनाव रोक्ने ब्यक्तिहरु बिरुद्ध सजग हुनुपर्ने बताउनुभयो ।
त्यस अवसरमा एमालेले पार्टीलाई राष्ट्रविखण्डन र मधेशी विरोधीको रुपमा ब्याख्या गरेको भन्दै त्यसलाई चिर्न फागुनको तेस्रो सातादेखि १५ दिने मेची महाकाली राष्ट्रिय अभियान संचालन गर्ने जनाइएको थियो । अभियानकोक्रममा एमालेले बिर्तामोड, इटहरी, इनरुवा, सप्तरीको कन्चन्पुर, राजविराज, जनकपुर, चन्द्रानिगाहापुर, हेटौंडा, भरतपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा चैत्र ५ गते जनसभा गरि अभियानको समापन गर्ने जनाएको छ । अभियानको क्रममा एमालेले पार्टीलाई लागेको मधेस विरोधी आरोपको खण्डन गर्न मधेशी समुदायको घरदैलो पुग्ने कार्यक्रम समेत राखेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.