गणेशमान सैंजुको ४५ औं पुण्यतिथिमा श्रद्धान्जली सभा

बुटवल, २६ माघ । आफ्नो जिवनको अन्तकालसम्म समाजसेवामा सकृय रहेका बरिष्ठ समाजसेवी स्व.गणेशमान सैंजुको ४५ औं पुण्यतिथिको दिन मंगलवार बुटवलमा श्रद्धान्जली सभा आयोजना गरियो । बिश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका बरिष्ठ उपाध्यक्ष, धर्मपाल, कर्मयोगी नामले परिचित स्व.सैंजुले जिवनको अन्तकालसम्म नेतृत्व गर्नुभएका संस्थाहरुको संयूक्त आयोजनामा श्रद्धान्जली सभा सम्पन्न भएको थियो । बुटवलको आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक, आध्यात्मिक र स्वास्थ्य क्षेत्रमा समेत उल्लेखनिय योगदान पुराउन्ु भएका स्व. गणेशमान सैंजुको आत्माको चिरशान्तिको कामना गर्दै सो श्रद्धान्जली सभामा स्व. सैंजुले जिवनभर समाजसेवाको क्षेत्रमा खेल्नु भएको भुमिकाका बारेमा चर्चा गरियो ।
८४ बर्षको उमेरमा पनि समाजसेवामा अहोरात्र खटिरहने र अटिरहने स्वभावका स्व.सैंजुले जिवनको अन्तिम समयसम्म पनि झण्डै एकदर्जन सामाजिक, धार्मिक संघ संस्थाहरुको नेतृत्व सम्हालीरहनु भएको थियो । विश्व हिन्दु माहासंघ जिल्ला शाखा रुपन्देही, नव जागृति बहुुउद्देश्यीय सामाजिक भवन ट्रष्ट, नव जागृति पुस्तकालय र श्री शिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैंजू वृद्धाश्रमका अध्यक्ष वरिष्ठ समाजसेवी, धर्मपाल, कर्मयोगी स्व.गणेशमान सैंजूको ४५ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्ने बक्ताहरुले स्व. सैंजुले समाजिक बिकासमा पुराएको योगदान सराहनिय र अनुकरणिय पनि रहेको उल्लेख गरेका थिए ।
चारवटै संस्थाका का.वा. अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले स्व. सैजुले समाज सेवाप्रति खेलेको भूमीकाको स्मरण गर्दै आउदा पिंढीलाई समेत उहाँको जिवनीले प्रेरणा सहित सिक्ने मौका मिल्ने बताएका थिए । स्व. सैंजुको सम्झनामा एक संग्रहालय समेत बनाउने घोषणा गर्दै का.वा. अध्यक्ष श्रेष्ठले स्व.सैजुको सम्मानमा निकट भबिष्यमा पूर्णकदको शालिक समेत निर्माण गरिने बताए । श्रद्धान्जली सभामा प्रमुख अतिथि स्वामी तत्वदर्शी ब्रम्हनिष्ट १००८ लोकानन्द महाराजजी, प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, बुटवल उप–महानगरपालिकाका प्रमुख रामलाल श्रेष्ठ, उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष महेशमान सिंह, पूर्व अध्यक्ष जीवनप्रसाद ओझा, रुपन्देही व्यापार संघका मोतीलाल पाण्डे, राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, पं.पुरुषोत्तम पाण्डे, बुद्ध टेलिभिजनका पृथ्वी फौदार, धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशन लगाएतले शोक मन्तब्य ब्यक्त गर्दै स्व.सैंजुको योगदानको चर्चा गर्दै समाजसेवा खर्चिएको जिवन नै बास्तविक मानव जिवनको रुप भएको बताए ।
यसैगरि कार्यक्रममा शब्द श्रद्धान्जली ब्यक्त गर्दै सिद्धार्थ साहित्य परिषदका अध्यक्ष विजय सागर श्रेष्ठ, जेष्ठ नागरिक महासंघका केन्द्रिय उपाध्यक्ष मदनदास श्रेष्ठ, महासचिव छत्र प्रधान, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर के.सी., विश्व हिन्दु महासंघका सल्लाहकार ओमकार गौचन, ब्रह्माकुमारी ईश्वरीय बिश्व विद्यालयकी प्रमुख कमला दिदी, सत्यसाई केन्द्रकी लक्ष्मी कुँवर, गायत्री परिवारका अमृतलाल श्रेष्ठ, कार्यालय प्रमुख उर्मिला श्रेष्ठ लगाएतले बोल्दै समाज रुपान्त्रणका लागि स्व. सैजुले खेलेको भूमीका अतुलनिय रहेको बताउदै उहाँको जिवन सबैका लागि प्रेरणादायी रहेको बताएका थिए । कार्यक्रममा डा. बाबुराम ज्ञवालीले स्व. सैजुको जिवनीबारे प्रकाश पारेका थिए । सो अवशरमा बोल्दै चारवटै संस्थाका तर्फबाट महासचिव एवं बरिष्ठ अधिवक्ता वेनबहादुर पौडेल क्षेत्रीले सबैलाई धन्यवाद दिदै मानिस मरेर गएपनि उस्ले गरेका कृतिहरु संधै अजर र अमर रहने बताएका थिए ।
कार्यक्रम स्वं सैंजुले बिगतदेखि बर्तमानसम्म बिभिन्न कालखण्डमा नेतृत्वमा रहेका एवं समाजसेवा गर्ने क्रममा सहकार्य गर्नुभएका बिभिन्न १४ वटा धार्मिक, सामाजिक तथा ब्यबसायिक संघ संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेका थिए । सो कार्यक्रममा स्वं सैंजुको स्मृतिमा स्व.गणेशमान संैजु स्मृति पत्रकारिता पुरस्कारको स्थापना गरिने र हरेक बर्ष धार्मिक तथा सामाजिक क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई सम्मान गरिने जनाइएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.