विश्व सिमसार दिवस-सिमसार क्षेत्र संरक्षणको अभावमा अलपत्र

काठमाडौ । माघ २० । विश्व सिमसार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँएको छ । फ्रेब्रुअरी २ तारिख, को दिनमा सिमसार दिवसको अवसर पारेर सिमसार र संरक्षणका क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाहरूले विभिन्न कार्यक्रमको अयोजना गरेका छन् । सन् १९८५ को फेब्रुअरी २ तारिखमा इरानको रामसार सम्मेलनले महासन्धिमा हस्ताक्षर गरेपछि सन् १९९१ देखि यो दिवस मनाउन थालिएको हो । नेपालका विभिन्न नौवटा ताल तलैया रामशार महासन्धिअनुसार सिमसार क्षेत्रमा संरक्षित रहेका छन् । तर मुलुकका कैयौ सिमसार क्षेत्र संरक्षणको अभावमा अलपत्र परेका छन । कतिपयको त अस्तित्व नै खतरामा परेको छ । सिमसार क्षेत्रमा चोरी शिकार नियन्त्रण हुन नसक्दा ताल र त्यहाँ रहेका जिवजन्तुको अस्तित्व संकटमा हो । कैलालीको घोडाघोडी ताल र कपिलबस्तुको जगदिशपुर ताल पनि संरक्षणको अभावमा संकटमा छन । यस्तै कास्कीका तालहरु र अन्य सिमसार क्षेत्रको अवस्था पनि त्यस्तै छ । ताल र दलदले क्षेत्रहरु अतिक्रमणका कारण पुरिने खतरा बढेको छ ।
दुई हजार सात सय ६२ हेक्टरमा फैलिएको कैलालीको घोडाघोडी ताल क्षेत्रको संरक्षणमा विभिन्न संघ संस्थाले करोडौं रकम खर्चेपनि उपलब्धी देखिएको छैन भने जगदिशपुर तालको अवस्था पनि उस्तै छ ।
सिमसार क्षेत्रमा पर्ने तालहरुमा मगर गोही, अजिंगर, जंगली धान र हरीहाँस पाइन्छन् । यस्तै, यस क्षेत्रमा सयौ प्रजातीका चरा, स्तनधारी जनावर, वनस्पती, माछा र पुतली पाइन्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.