प्रेस चौतारीको रक्तदान

बुटवल, २२ माघ ।प्रेस चौतारी नेपाल, रुपन्देही शाखाले आफनो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार १९ सौ स्थापना दिवसको अवसरमा रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा बुटवलमा गरिएको कार्यक्रममा १९ जना रक्तदाताहरुले रक्तदान गरेको संयोजक स्वस्तिक श्रेष्ठले बताए । रुपन्देही क्षेत्रमा नियमित जसो रक्तदान कार्यक्रम हुने र रक्तदाताहरुको संख्या बढेसंगै रगतको माग पनि वृद्धि भैरहेको भन्दै अहिले रगतको अभाव देखिएकाले स्थापना दिवसमा रक्तदान कार्यक्रम गरिएको उनले बताए ।
स्थापना दिवसको सप्ताहब्यापी कार्यक्रम अन्तरगत चौतारीले रचनात्मक कार्यक्रम गरिरहेको जिल्ला अध्यक्ष अमृत गिरिले बताए । यसअघि चौतारीले लुम्बिनी, भैरहवा, सैनामैना लगायतका क्षेत्रहरुमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको उनले बताए । सप्ताहब्यापी कार्यक्रमको समापन शनिबार बुटवलको आम्रपाली कटेजमा गरिने उनले बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.