सकारको पत्र पुग्यो निर्वाचन आयोगमा, जेठमा दुइ वा तिन चरणमा स्थानीय चुनाव गर्ने तयारी

काठमाडौ । माघ २१। निर्वाचन आयोगले कम्तिमा दुई वा तिन चरणमा मात्रै जेठमा निर्वाचन गर्न सकिने बताएको छ । सरकारले स्थानीय निर्वाचनको तयारी थाल्न लिखित आग्रह सहित निर्वाचन आयोगलाई पत्र पठाएकै दिन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले एकै चरणमा स्थानीय चुनाव सम्भव नभएको बताउनुभएको छ ।
राजधानीमा शुक्रवार आयोजित साक्षात्कार कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले सुरक्षा,तयारी, भौगोलिक अवस्था लगायतका कारणले एकै चरणमा चुनाव गर्न नसकिने स्पष्ट पार्नुभयो ।
उहाँले चुनावको पुर्ण काम शुरु गर्न सरकारले स्थानीय निकाय पुनःसंरचनाको टुंगो लगाउनुपर्ने पनि बताउनुभयो । अव चुनावमा विद्युतीय मेसिन प्रयोग गर्ने कि कागजी मतपत्र प्रयोग गरेर चुनाव गर्ने भन्ने विषयमा आयोगले अध्ययन थाल्ने पनि उहाँले जानकारी दिनुभयो ।
सरकारले चुनावको मिति घोषणा नगर्दासम्म आयोगले सानातिना र आन्तरिक काम अघि बढाउने र मिति घोषणा हुनासाथ तिव्र रुपमा काम गर्ने प्रमुख निर्वाचन आयुक्त यादवको भनाई छ । आयोगले मतदाता नामावली लगायतका काम पूरा भइसकेको जानकारी दिँएको छ ।
यसैबीच सरकारले चुनावको तयारी शुरु गर्न निर्वाचन आयोगलाई लिखित पत्र पठाएको छ । बिहिवारको मन्त्रिपरिषदको निर्णय बमोजिम शुक्रवार आयोगलाई लिखित पत्र पठाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पठाएको पत्रमा निर्वाचनसँग सम्बन्धित कानुन बनिसकेकाले स्थानीय तहको निर्वाचन तयारी शुरु गर्न आग्रह गरिएको छ । तर पत्रमा चुनावको समयबारे केही उल्लेख छैन । सरकारले पठाएको पत्र आयोगमा आइपुगेको र अव काम समेत थाल्ने निर्वाचन आयोगले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.