प्रधानमन्त्री र मन्त्रिहरु नै कमिसन डुवेकोले विकास हुन नसकेको सत्तापक्षको सांसदहरुको आरोप

First meeting of the Legislature Parliament at the Constituent Assembly (CA) hall in Nayabaneshwor, Kathmandu on Sunday. 26 January, 2014. POST PHOTO: SANJOG MANANDHAR/KANTIPUR

काठमाडौ । माघ २३ । प्रधानमन्त्री र मन्त्रीहरु कमिसन र भागबण्डामा लागेकाले देशको विकास हुन नसकेको माओवादी केन्द्रकै नेताहरुले आरोप लगाएका छन । संसदको आइतवारको बैठकमा विकास समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिदै माओवादी केन्द्रकका सांसद रामनारायण विडारीले प्रधामन्त्री र मन्त्रीहरु कमिसनमा चुर्लुम्म डुब्ने गरेको र विकास लथालिगं भएको आरोप लगाउनुभयो । विदेशी इशारामा चल्नेहरुले ठेक्का र कमिसन पनि विदेशीलाई दिने गरेको भन्दै उहाँले यही गतिले देशले कहिल्लै फड्को मार्न नसक्ने बताउनुभयो । प्रतिवेदन पेश गर्दे विकास समितिका सभापति रविन्द्र अधिकारीले विकासका लागि सरकार गम्भीर नभएको र बर्षौ समय तोकेर पनि काम फत्ते नहुने गरेको भन्दै समितिका निर्देशन सरकारले कार्यान्वयन नगरेको बताउनुभयो ।
नेमकिपाका सांसद प्रेम सुवालले प्रजातन्त्र बोल्न र दल खोल्न मात्रै भएको तर विकासका काम नभएको टिप्पणी गर्नुभयो । बैठकमा सांसद विकास लम्साल, रामेश्वर फुयाल र भरत थापा लगायतले राष्ट्रिय गौरवका योजनाहरु वर्षौंदेखि अलपत्र परेका, प्रशासन फितलो भएको र अनुगमन देखावटी मात्रै भएकोले विकासका काम कागजमै हुन नसकेको बताएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.