सुन तस्करीको अभियोगमा प्रहरीकै एसएसपी श्याम खत्री पक्राउ

काठमाडौ । माघ २३ । विमानस्थल हुँदै सुन तस्करीमा सघाएको अभियोगमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री पक्राउ परेका छन् । साढे ३३ किलो सुन तस्करीमा मिलेमतो गरेको आशंकामा प्रहरीले एसएसपी खत्रीलाई पक्राउ गरेको हो ।
तस्करीको अभियोगमा पक्राउ परेका भन्सारका कर्मचारीहरुले दिएको सूचनाको आधारमा एसएसपी खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हेडक्वार्टरबाटै पक्राउ गरेको हो । पक्राउ परेका खत्रीलाई थप अनुसन्धानका निम्ति ब्यूरो कार्यालय लगिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १४ महिना काम गरेका खत्रीलाई माघ ३ गते नै अनुसन्धानका लागि भन्दै प्रहरी प्रधान कार्यालय सरुवा गरिएको थियो ।
सुन बरामद भएपछि प्रहरीले सुन ल्याउने गोपाल शाही, सुन लिन आउने दिनबन्धु थापा र सन्तोष काफ्ले लगायतलाई पक्राउ गरिसकेको छ । गत पुस २१ गते दुबईबाट आएको साढे ३३ किलो भन्दा बढी सुन विमानस्थलको भन्सारबाट पास भएपछि प्रहरीले विमानस्थलबाहिर बरामद गरेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.