काठमाडौ । माघ २३ । व्यवस्थापिका संसदले कानुन बनाए पनि सरकारले स्थानीय चुनावको मिति घोषणा नगरेको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन ।
आइतवारको संसद बैठकमा सत्ता पक्षकै सांसदहरुले तत्काल स्थानीय निर्वाचनको मिति तोक्न माग गरे । कांग्रेस सांसद सुकलदेव सुतियारले चुनाव अनिवार्य भएको भन्दै प्रमुख दलहरु गम्भिर भएर सरकारले स्थानीय निर्वाचनको मिति तोक्नुपर्ने माग गर्नुभयो ।
एमालेकी सांसद सीता गिरी ओलीले संसदले कानून बनाएपछि जनता चुनाव हुने भन्दै उत्साही भएको भन्दै चुनावको घोषणा नगरे प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने बताउनुभयो ।