सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी १९ औ बर्षमा

Hospitality form the Heart भन्ने भाबनालाई आत्मसाथ गर्दै कैलालीको टीकापुरबाट ब्यबसाय सुरु गरेको सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी १९ बर्षमा प्रबेश गरेको छ ।
ब्यबसाय सुरु गरेको दिन अर्थात माघ २३ गते सिद्धार्थ गु्रपले देशै भर रहेका आफ्ना शाखाहरुले बिभिन्न रचनात्मक कि्रयाकलापहरु गरेर मनाएका छन ।
बाषिर्क उत्सबकै अबसरमा गु्रपद्धारा संचालित सबै शाखाहरुमा माघ २३ गतेका दिन आउने सबै ग्राहकहरुलाई मेनुमा २० प्रतिशत छुट दिएको छ ।
नेपालगन्जको सिद्धार्थ कटेज र होटल सिद्धार्थले संयुक्त रुपमा रक्तदान तथा नेपालगन्जको सुर्खेत रोडमा बृक्षारोपण गरेका छन ।
टिकापुरमा हस्पिटलका बिरामीहरुलाई फलफुल बितरण, कणर्ाली चिसापानीमा र सुर्खेतमा नगर सरसफाई गरेका छन । त्यसै गरी बुटबल ब्रान्चले ज्ञान ज्योति पुस्तकालयलाई फर्निचर बितरण गरेको छ ।
त्यसै गरी काठमान्डौको सुन्धारा, पुरानो बानेश्बर, तिनकुने र ललितपुरको धोबीघाट ब्यान्चले संयुक्त रुपमा गरिब तथा बिपन्न परिबारका एसएलसी पास गरेका ५ जना बिद्यार्थीहरुलाई गु्रपद्धारा संचालित सिद्धार्थ इन्टि्रच्युट अफ हस्पिटालिटीमा आबासिय सुबिधा सहित छात्राबृत्ति उपलब्ध गराउने भएको छ ।
पर्यटन ब्यबसायको क्षेत्रमा आबश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको सिद्धार्थ इन्टि्रच्युट अफ हस्पिटालिटीले स्बेदशी तथा बिदेशी कलेजहरुसंग सम्बन्धन लिएर सर्टिफिकेट, डिप्लोमा र एक्जुकेटिभ डिप्लोमाका कोर्षहरु संचालन गर्ने तयारी गरि रहेको छ ।
करिब २ दशकको अबधिमा यस गु्रपले आफ्नो ब्यबसायलाई बिस्तार गर्दै पश्चिमको कैलाली देखि काठमान्डौ सम्म रेष्टुरेन्ट, रिर्साेट, होटेल, हस्पिटालिटी इन्टि्रच्युट, टे्र्रड बिजनेश र बेकरी उद्योग गरी १७ वटा शाखाहरु संचालन गर्दै आएको आएको छ ।
ती १७ वटा शाखाहरुमा करिब १ हजार जना कर्मचारीहरुलाई रोजगारीको अबसर समेत प्रदान गर्दै आएको छ । ।
सिद्धार्थ गु्रपले निकट भबिश्यमै पुर्बी नेपाल लगायत देशका अन्य स्थानहरुमा नया शाखा स्थापनाकालागि अध्ययन गरी रहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.