स्थानीय चुनावमा जान कांग्रेसले राखेको प्रस्ताव मधेशी मोर्चाद्धारा अस्विकार

काठमाडौ । माघ २३ । राजनीतिक सहमति गरेर स्थानीय चुनावमा जान नेपाली कांग्रेसले राखेको प्रस्ताव संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले अस्विकार गरेको छ ।
काग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतवार भएको दुइ पक्षविचको छलफलमा मोर्चाका नेताहरुले संविधान संशोधन पारित भएपछि मात्रै राजनितिक सहमति कायम गरी चुनावको सुनिश्चितता हुन सक्ने बताएर अहिले चुनावमा जान अस्विकार गरेका हुन । संशोधन पास भए आफुहरु चुनावमा जान तयार रहेको मोर्चाका नेता लक्ष्मणलाल कर्णले बताउनुभयो ।
सरकारले चुनावको तयारीका लागि निर्वाचन आयोगलाइ पत्र पठाए पनि मोर्चाले संविधान संशोधन र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन संशोधन नभएसम्म चुनावमा भाग नलिने वताउदै आएको छ । वार्तामा संविधान संशोधन र चुनावका विषयमा छलफल भएको थियो । काग्रेस नेताहरुले चुनावमा जान र संशोधनलाइ पनि अघि बढाउन आफुहरु सक्रिय हुने बताएका थिए ।
बैठकमा कांग्रेस सभापति देउवा, महामन्त्री सशांक कोइराला, गृहमन्त्री विमलेन्द्र निधी, कोषाध्यक्ष सितादेवी यादव र पूर्व महामन्त्री प्रकाशमान सि‌ह तथा मोर्चाका तर्फबाट तराइ मधेश लोकतान्त्रीक पार्टिका अध्यक्ष महन्थ ठाकुर, नेता सर्वेन्द्रनाथ शुक्ला, सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्ण लगायतका नेता सहभागी थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.