भिन्नता (गजल )

 प्रकाश-अन्धकारले फरक छ दिन रातको

निस्वार्थ- स्वार्थी भावले छ भिन्न अर्थ साथको ।

सजाउ पुष्ट बाहुली हिरा जुहारले तर छ मानवीय कर्ममै विशालता यी हातको ।

लिएर दम्भ भावमा छ मित्रहीन आज उ,

छ भिन्नता अती झिनो यहाँ अहा र आहको ।

नदी बगेर चुम्दछे ति सिन्धु लक्ष्यरुपमा सुतेर बस्नु हो फरक विराम औ बहावको ।

निशा निरास देखिने, परन्तु हर्ष प्रातमा

छ धर्तिमाथी जीवनी यहि निशा र प्रातको ।

@ तीर्थराज

[email protected]

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.