बिहे गर्न नमानेको भन्दै एसिड प्रहार गरिएकी युवतीको उपचारका क्रममा मृत्यु

बुटवल । माघ २४ । सागै बसेका युवकले मध्यरातमा एसिड प्रहार गर्दा एक युवतीको मृत्यु भएको छ । आइतवार राती पौने १२ बजे बुटवलको मेरिडियन होटलमा सागै बसेका सुनील कोइरालाको एसिड प्रहारबाट २७ बषिर्या तुलसा सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो ।
नवलपरासीको गैडाकोट निवासी २७ बषिर्या तुलसालाई धादिंग नौविसे घर भएका २८ बषिर्य सुनिलले एसिड हानेपछि घाइते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । एसिडले घाईते भएकी सापकोटाको भैरहवा स्थीत मेडिकल कलेजमा उपचारका क्रममा सोमवार दिउसो मृत्यु भएको हो ।
अभियुक्त सुनीललाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ परेका सुनिलले विहेको प्रस्ताव नमानेकोले एसिड हानेको स्विकारेको पनि प्रहरीले जनाएको छ । प्रहरीले मृतककी सानीमा देवी खरेललाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – बुटवल उप-महानगरपालिका वार्ड नं.६स्थित मेरी डियन होटलको कोठा नं.१०३ मा बसेका जिल्ला धादिङ नौबिसे बस्ने बर्ष २८ को सुनिल कोईराला र जिल्ला नवलपरासी गैडाकोट नगरपालिका वार्ड नं.५ बस्ने बर्ष २७ की तुल्सा सापकोटा संगै बसेकोमा सुनिल कोईरालाले तुल्सा सापकोटाको शरिरमा एसिड प्रहार गरी घाइते बनाएकोमा तत्काल लुम्बिनी अंचल अस्पताल बुटवलमा लगिएको, उपचार हुन नसकी मेडिकल कलेज भैरहवामा पठाईएकोमा आज मिति २०७३।१०।२४ गते १२:१२ बजेको समयमा उपचारको क्रममा मृत्यू भएको र निज सुनिल कोईरालालाई पक्राउ गरी अनुसन्धान भैरहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.