सुपर लिगको समूह ‘बी’ को दोस्रो खेलमा एपेक्स बिजयी

भैरहवा, २४ माघ । भैरहवाको सिद्धार्थ रंगशालामा जारी मुख्य सुपरलिग अन्तरगत ‘ए’ डिभिजनको समूह ‘बी’ को सोमबार भएको दोस्रो खेलमा एपेक्स क्रिकेट क्लब शंकरनगरले ज्ञानोदय क्रिकेट क्लब करहियालाई ९ विकेटले हराउादै विजयी भएको छ ।

जितसागै एपेक्सलेे सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए । टस हारेर ब्याटिङ गर्ने अवसर पाएको ज्ञानोदयले निर्धारित ४० ओभरको खेलमा २६ दशमलब ३ ओभरमा सबै विकेट गुमाउादै ७१ रन मात्र बनाउन सक्यो । ज्ञानोदयका लागि सन्तोष क्षेत्रीले २५ तथा विशाल गोतामेले १५ रन बनाए । ज्ञानोदयलाई सस्तैमा समेट्ने क्रममा एपेक्सका मैनुद्दिन खाान र अर्जुन बश्यालले समान ३/३ तथा महेन्द्र सुवेदी र अनिल खरेलले २/२ विकेट लिए ।
प्रतिउत्तरमा ७२ रनको विजयी लक्षय पाएको एपेक्सले ११ ओभरमा १ विकेटको नोक्सानीमा ७४ रन बनाउादै विजयी हासिल गर्यो । एपेक्सको जितमा विपिन न्यौपानेले २५, महेन्द्र सुवेदीले २० रन बनाएका थिए । ज्ञानोदयका सन्तोष क्षेत्रीले १ विकेट लिए । खेलको म्यान अफ द म्याच ऐक्सका मैनुद्दिन खाान घोषित भएको अध्यक्ष मल्लले जानकारी दिए । अब यो समूहमा रहेको प्रोफेसनल मास्टर्स ११ र एपेक्स बीच हुने खेलले यो समूहबाट सेमिफाइनलमा जाने टिमको टुंगो लाग्ने छ । हारका बाबजुत पनि ज्ञानोदयको सेमिफाइनलको बाटो एपेक्स र मास्टर्स ११ को खेलमा निर्भर छ ।

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता अन्तरग मंगलबार समूह सीमा रहेका होराइजन क्रिकेट क्लब बुटवल र वेष्टन क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुने छ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.