प्राधिकरण विकास सहायता तथा सहजीकरण समितिको बैठक

माघ २४।राष्ट्रिय पुननिर्माण प्राधिकरण विकास सहायता समन्वयतथा सहजीकरण समितिको तेस्रो वैठक सिहदरवारस्थित प्राधिकरणको कार्यालयमा बसेको छ ।
प्राधिकरणका प्रमुखकार्यकारी अधिकृत एवं समितिका संयोजक प्रा.डा. गोविन्दराज पोखरेलको अध्यक्षतामा बसेको बैठकमा प्राधिरणले पुननिर्माणका लागी अहिलेसम्म हासिल गरेको उपलव्धी र आगामी चुनौतीका बिषयमा छलफल भएको थियो । बैठकमा प्राधिकरणका प्रमुखकार्यकारी अधिकृत डा.पोखरेलले सवैको सहकार्यमा पुननिर्माणको अभियानलाई तिव्रता दिएर अघि बढ्ने बताउनुभयो ।
बैठकमा प्राधिकरणका सहसचिव एवं प्रवक्ता यमलाल भुसालले पुनर्निर्माणका लागी प्राधिकरणबाट भएका प्रमुखकार्यहरु, प्राधिकरणको बित्तियअवस्था, पछिल्लो प्रगती र आगामी चुनौतीका बिषयमा कार्यपत्र प्रस्तुतगर्नुभयो । सो अवसरमा उहाँले पुननिर्माणको काम चुनौतीपुर्ण भएपनि सवैको सहकार्यमा यो अभियानलाई सफल बनाउनुपर्नेमाजोड दिनुभयो ।
खास गरि गुनासो व्यवस्थापन, जग्गाको समस्या, पुर्नवास, जोखिमयुक्त वस्ती स्थानान्तरण, भुकम्पप्रभावितजिल्लामा डकर्मी तालिम, प्राविधिकनिरीक्षण, समयमै दोस्रो किस्ताको आवास अनुदानबितरण, जनशक्तिव्यवस्थापन, स्रोत परिचालनलगायतकाबिषयपुननिर्माणका लागीचुनौतीपुर्ण रहेको भन्दै यस्ता समस्याहरुको समानागर्न प्राधिकरणबिकास साझेदार संस्थाहरुसँगहातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।
बैठकमा संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपी, एशियालीविकास बैंकका नेपालस्थितप्रतिनिधी, बिश्व बैंक, भारतीय सरकारकाप्रतिनिधी, चिनियादुतावासकाप्रतिनिधी, अन्तराष्ट्रिय गैरसरकारी संस्थाकाप्रतिनिधी, अर्थ मन्त्रालय, महालेखा नियन्त्रणको कार्यालय, राष्ट्रिय योजनाआयोग, परराष्ट्र मन्त्रालयलगायतकाउच्चअधिकारीको सहभागिताथियो । बैठकमा प्राधिकरणका सचिव डा. संजय शर्मालेे स्वागतमन्तव्यव्यक्तगर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.