बुटवल, २७ माघ । नृत्यकलामा रुचिराख्ने र नृत्यबाट राष्ट्रिय कलाकार बन्न चाहनेहरुका लागि नेपाल टेलिभिजनको मेगा शो छमछमीको तेश्रो संस्करण अन्तर्गत बुटवल अडिसन राउण्ड हुने भएको छ ।
नेपाल टेलिभिजनको आफ्नै निर्माण र रियोको प्रायोजनमा संचालन भैरहेको मेगा डान्स कम्पिटिसन छमछमीमा मुलुकभरका नृत्यकर्मीहरु सहभागि हुने अवसर पाउने नेपाल टेलिभिजनले जनाएको छ ।
छमछमी प्रतियोगितामा बिजेताले १२ लाख भन्दा माथिको पुरस्कार प्राप्त गर्ने नेपाल टेलिभिजन कार्यक्रम महाशाखाले जनाएको छ । यस्तै दोश्रो पुरस्कार पााच लाख भन्दा बढिको र तेश्रो पुरस्कार तिन लाख बराबरको रहेको र यो अझै बढ्ने संभावना रहेको पनि टेलिभिजनले जनाएको छ ।
यो मेघा रियालिटी सो प्रतियोगिता अर्थात “रियो छमछमी ३” मा विजेताले प्रथम पुरस्कार डाट्सनको रेडी गो कार, दोस्रो हुनेले नगद ५ लाख बराबरको एल.जी.होम एपलाईन्सेस, तेस्रो हुनेले नगद तिनलाख बराबरको एल.जी.होम एपलाईन्सेस र प्रोत्साहन पुरस्कार सात जनालाई प्रति व्यक्ति ३२ इन्चको एल.जी स्मार्ट टि.भी. जित्न सक्ने छन् ।
यहि माघ २८ गते बुटवलको बालमन्दिरमा हुने प्रथम चरणको छनौट प्रतियोगिताको निणर्ायकमा चचित कोरियोग्राफर महेश गोदार र बुटवलका यम पुन रहने नेपाल टेलिभिजनका रुपन्देही संवाददाता हरिश ढकालले जनाएका छन् । यो रियो छमछमीमा सहभागि हुनका लागि अनलाईनबाट तथा सिधै फारम भर्न सकिने बताउदै बुटवलमा हाटबजारमा रहेको हिमाल फोटो बैंकबाट र्फम वितरण भैरहेको उनको भनाई छ ।
अडिसनहरु कोहलपुरमा माघ २४ गते, धनगढीमा माघ २६ सम्पन्न भैसकेको छ । बुटवल माघ २८, इटहरी फागुन ८, बिर्तामोड फागुन १०-११ र नारायणगढ फागुन १५ मा हुदै छ । जस्का लागि आवेदकले २ प्रति पासपोर्ट साईजको फोटो, नागरिकताको फोटो कपि अथवा उमेर खुलेको परिचयपत्र र उमेर १३ वर्ष भन्दा माथि चाहिने टेलिभिजनले जनाएको छ ।