बुटवल । माघ २७। प्रहरी प्रमुख कसलाई बनाउने भन्नेमा सत्तागठबन्धनभित्र विवाद बढेपछि बिहिवार बस्ने मन्त्रिपरिषद् बैठक अचानक स्थगित भएको छ । समान्यत खासै एजेण्डा नभएपनि हरेक विहिवार मन्त्रिपरिषद बैठक बस्ने गर्छ ।
गृहमन्त्रालयको नेतृत्व सम्हालेको काँग्रेस भित्रै वरिष्ठताक्रममा अगाडी रहेका नवराज सिलवाललाई महानिरीक्षक बनाउने कि अरुलाई भन्नेमा तिव्र विवाद छ ।
अहिले प्रहरीमा २६ डीआइजी छन । त्यसमध्ये नवराज सिलवाल पहिलो बरियतामा छन् भने दोस्रोमा प्रकाश अर्याल र तेस्रोमा जयबहादुर चन्द छन्।
काग्रेसका सभापित शेरबहादुर देउवाले आफ्नो क्षेत्रका भएकोले तेस्रो वरियतामा रहेका जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन चर्को दवाव दिएका तर गृहमन्त्री विमलेन्द्र निधि भने सिलवाललाइ नै बनाउने पक्षमा रहेकाले कुरा नमिलेको बताइएको छ । त्यसविषयमा सभापति देउवा र गृहमन्त्री निधिवीच चर्को विवाद रहेको श्रोतले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाबीच यसबिषयमा कुरा भएपनि सहमति हुन नसकेको बताइएको छ । प्रधानमन्त्री दाहाल वरियताक क्रमकै आधारमा सिलवाललाई बनाउने पक्षमा रहेका छन । तर देउवाले प्रधानमन्त्रीसँग पनि चन्दलाइ नै बनाउन दवाव दिएका छन ।
फागुन पहिलो हप्ता प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अवकाश पाउने भएपनि अहिलेसम्म नयाँ महानिरीक्षक नियुक्ति गर्न सकेको छैन सरकारले ।