एमाले शाखा कमिटीको बिस्तारित बैठक

तिलोत्तमा, २८ माघ । नेकपा एमाले तिलोत्तमा नगरपालिका वडा नं. १ को शाखा कमिटीको बैठक शुक्रबार सम्पन्न भएको छ ।
बैठकले पार्टीले सञ्चालन गर्न लागेको मेची-महाकाली राष्ट्रिय अभियानलाई सफल बनाउन सक्रिय भूमिका खेल्ने निर्णय गरेको छ । आगामी फागुन २९ गते मेची-महाकाली अभियान अन्गर्तत भैरहवामा आयोजना गरिने जनसभाका लागि शाखा कमिटीले जिम्मेवारी पाए अनुरुप ४५० भन्दा बढीको सहभागिता गराउने निर्णय गरेको छ ।
शाखा कमिटीका अध्यक्ष फर्सुराम गिरीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथी एमाले जिल्ला सदस्य मोहन चापागाई, शाखा इन्चार्ज हुमाकान्त काफ्ले, जिल्ला सदस्यद्वय देवी वाग्ले, केशवराज न्यौपाने, क्षेत्रीय सदस्य तेजप्रसाद पाण्डे, पुष्करनाथ पन्थलगायतले आ-आफ्नो धारणा राखेका थिए । बैठकले संगठीत सदस्यता नवीकरण र नवयुग पत्रिकाको नवीकरण अभियानलाई तीब्ररुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.