बुटवल । नेपाल पत्रकार महासघंको सदस्यता विवाद र वारामा नेपाली नागरिकता नभएका ब्यक्तिलाई सदस्यता दिइएको भन्ने विषय थप विवादमा परेको छ । वारामा नेपाली नागरिकता नभएका ब्यक्तिलाई सदस्यता दिइएको भन्ने सुनिएको भन्नेबारे प्रश्न उठाउँदै जानकारी मागेर पत्रकार रामकृष्ण भण्डारीले फेसबुकमा स्टाटस राखेपछि त्यसबारे थप कुरा खुल्दै आएको हो । त्यसपछि नेपाली नागरिकता नभै जिल्ला शाखा बाराबाट सदस्यता सिफारिस गरिएको र नेपाल पत्रकार महासघले अनुमोदन गरेको खुल्न आयो । त्यतिमा मात्रै कुरा रोकिएन । फेरी नेपाली नागरिकता नभै महासघको सदस्य हुन पाइने वा नपाइने भन्ने बहस शुरु भयो । त्यसमा बाराका कान्तिपुर टेलिभिजनका पत्रकार उपेन्द्र ठाकुरले नागरिकता नभएको तर जिल्ला प्रशासनले सिफारिस पत्र बनाइदिएको पत्र नै फेसबुकबाट सार्वजनिक गरे । त्यहा उनले लेखेका छन– यो नगरिकता हो त, जसको आधरमा यिनलाई सदस्यता दिएको छ । पत्रकार महासघ बाराका अध्यक्ष कमल कुमार उपाध्यायले भने निलासा नेपाली नागरिक नै भएको भनेर सदस्यता सहि ब्यक्तिलाइ दिएको बताएका छन ।
प्रमाणित गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयले निशालाइ दिएको पत्रमा वाराको साविकको जितपुर गाविस र हालको गढीमाइ नगरपालिका वडा नं ७ बस्ने राजेशकुमार लाल दासले २०६३ साल चैत २९ गते जन्मसिद्ध नागरिकता लिएको, नागरिकता प्रमाणपत्र नम्वर ३३३०७९। ५७७ रहेको र निजको छोरी निलिसा वर्मालाइ जन्मको आधारबाट हाल नागरिकता बन्न नसक्ने हुँदा शैक्षिक र अन्य प्रयोजनका लागि सिफारिस उपलब्ध गराइ पाँउ भनि निवेदन दिएकोले जन्मदर्ता प्रमाण र शैक्षिक प्रमाणका आधारमा २०४८।३।१मा जन्ममिति रहेको र ठेगाना वारा गढिमाइ ७ भनेर सिफारिस गरेको छ ।
सामाजिक संजालमा भएका टिप्पणी र पत्रिकामा नै आफ्नाबारे समाचार लेखिएको भन्दै फेसबुकमा लेखिन– किन मेरो निजि जिवनको स्वाभिमानसंग खेलिदैछ ? मेरो स्वाभिमानसंग खेलेर रमाईरहेकाहरुलाई मैले के अपराध गरे ? मेरो नामलाई लिएर फेसबुक अनावश्यक टिकाटिप्पणी र पत्रिकामा समेत बिना आधार समाचार आएकाले मैले केही लेख्नैपर्ने भएको छ । बिगत तीन बर्षदेखी जिल्लाको एक सञ्चारमाध्यममा आवद्ध रहेर सञ्चारक्षेत्रमा जोडिएको कुरा सबैलाई जानकारी नै छ । मैले जानेको पत्रकारिता भनेको समाजलाइ सत्यतथ्य सुसुचित गर्नु नै हो तर यहा तथ्यहिन हल्ला चलाएर र निजि जीवनमा आच आउने किसिमले सत्यको सानो आवाज दबाउने जत्थाहरुलाइ मेरो यो तथ्य के त ? सानो घेरामा आफुलाई सफल छु भन्ने दिवास्वप्न देख्ने अनि कलमको पवित्रतालाइ बन्धकी राख्नेहरुलाई समाजको हरेक बर्गले अप्रत्यक्ष पतितको तथ्यान्कमा सुचिकृत गरिसक्दा पनि अझै आफुलाइ सतचरित्र ठानेको देख्दा लाजसरम हराएको मानसीक भन्दा फरक नपर्ला । यहि जन्मे अनि यहि स्नाकोत्तर तहमा अध्ययनरत छु । रेडियोमा बोल्ने कर्म पेशा बनाएको छु । महिला पत्रकार सन्जाल बाराको उपाध्यक्ष छु र प्रेस चौतारी नेपालमा आवद्ध छु । पत्रकारको छाता संगठनमा ओत खोज्नु मेरो भुल हो ? मधेसमा मधेसी महिला सञ्चार क्षेत्रमा अगाडी बढेदै गर्दा म प्रती देखिएको यो घिनलाग्दो प्रस्तुतीले यो क्षेत्रमा आउन चाहने महिलालाई कस्तो सन्देश देला ? कानुनी आधारले बलियो देखिएपछि सदस्य बन्नका लागि म योग्य ठानिए । म योग्य बनिरहदा समाजको कुन वर्ग, क्षेत्र, जाति र ब्यक्तिलाई हानी हुन्छ, मैले अनुभुत गर्न सकिरहेको छैन । पत्रकार हु, समाचार मेरो कर्म हो, लेखिरहन्छु, सधै बोलिरहन्छु ।
त्यसपत्रबारे प्रश्न गर्दै पत्रकार उपेन्द्र ठाकुरले फेरी टिप्पणी गरे– यो पत्रको आधारमा निलिसा बर्मालाई पत्रकार महासङ्घको कृपा प्राप्त भै सदस्यता प्राप्त गर्ने सौभाग्य प्राप्त भयो रे । यो पत्र नागरिकता हो वा नागरिकता सरहको प्रमाण हो भने जन्मको आधारमा नागरिकता पाएका ति तमाम नागरिकका छोराछोरी जसलाई बर्तमान सम्बिधानले नागरिकता पाउने अधिकारबाट बन्चित गरेको छ , तिनको लागी बाटो खुलेको छ । पत्रकार मात्रै किन ? यो प्रमाण सरकारले सबैलाई दिनु पर्यो । कि कसो ?
यो पत्रले प्रष्ट पार्छ अवस्था के हो भनेर । त्यही पत्र अव प्रशासन र प्रजिअको टाउको दुखाइ बन्न थालेको छ । केहीले त निलिसाको को भारतमा बिहे समेत भैसकेको बताएका छन तर त्यसको पुष्टि भएको छैन । श्रोतका अनुसार प्रजिअले यो विषयमा मिल्न र अव नउठाउन आग्रह गरेका छन ।
वारामा यसरी नागरिकता बाबुले पाएकाहरुका सन्तान एक लाख जति छन । ति सवैले यस्तै सिफारिस मागे भने के हुन्छ भन्ने प्रश्न उठेको छ । आइतवारदेखि त्यस्तो सिफारिस माग्ने तयारीमा कैयौ जुटिसकेको पनि बताइएकोछ ।
सदस्यता बिवादबारे नेपाल पत्रकार महासघले भने केही भनेको छैन अहिलेसम्म ।