जनयुद्धका २२ बर्ष– नेता महलमा, इमान्दार कार्यकर्ता खाडीमा

बुटवल, फागुन १ । जनताको अधिकार स्थापनाका लागि भन्दै युद्धमा होमिएको तत्कालिन माओवादीले जनयुद्ध शुरु गरेको आइतवार २२ बर्ष भएको छ । २२ औं जनयुद्ध दिवस माओवादीहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । २०५२ साल फागुन १ गते नयाँ जनवादी क्रान्ति गर्ने भन्दै तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध शुरु गरेको थियो ।
दश वर्षसम्म चलेको सशस्त्र युद्धमा राज्य र विद्रोही दुवै पक्षबाट १७ हजारभन्दा बढी नागरिकको ज्यान गएको थियो भने हजारौं व्यक्ति घाइते र अंगभंग भएका थिए । त्यस्तै हजारौं नागरिक बेपत्ता पारिए ।
अन्तत २०६३ मंसिर ५ गते विद्रोही पक्ष हतियार बिसाएर शान्ति प्रक्रियामा आएको थियो । तर, विस्तृत शान्ति सम्झौता भएको एक दशक बितिसक्दा पनि जनताका अधिकार भने स्थापित हुन सकेनन । राजनीतिक रुपमा गणतन्त्र त आयो तर जनताको जीवनमा कुनै परिवर्तन भएन ।
युद्ध छोडेर शान्तिप्रकृयामा आएपछि माओवादीका नेताहरु प्रधानमन्त्री र मन्त्रि बने तर जनताका मन्त्रि बन्न सकेनन । बरु आफुहरु नब धनाढ्य भए । अकुत सम्पति कमाए र राज्यको श्रोत साधन दुरुपयोगमा तल्लिन भए । युद्धमा लागेर मुक्तिको सपना देख्ने माओवादीको इमान्दार योद्धाहरुको झन विजोग भयो । हजारौ पुर्व लडाकु खाडि पुगेर मजदुरी गर्न बाध्य बनेका छन । सशस्त्र युद्ध सञ्चालनमा मुख्य भूमिका निर्वाह गरेका तीनजना नेताहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई र मोहन वैद्य तथा नेत्रविक्रम चन्द छुट्टाछुट्टै राजनीतिक दल खोलेर हिडेका छन् ।
शान्ति प्रक्रियापछि माओवादीले तीनपटक सरकारको नेतृत्व गरिसकेको छ । तर माओवादीले सशस्त्र विद्रोहका बेला अघि सारेका ४० बुँदे माग धेरैजसो सम्बोधन हुन सकेको छैन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.