प्रहरी प्रमुखमा राजनीतिक हस्तक्षेप– चन्द काग्रेस कोटा, ससत्रका श्रेष्ठ माओवादी कोटाबाट

बुटवल, फागुन १ । सरकारले अन्तत, काग्रेस सभापति शेरबहादुर देउवाको दवावमा तेस्रो बरियताक्रममा रहेका डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ।
आइतवार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको बरियता क्रममा पहिलो स्थानका डिआइजी नवराज सिलवाल र दोस्रो स्थानका प्रकाश अर्याललाई छाडेर सुदुरपश्चिमका र तेस्रो वरियताका जयबहादुर चन्दलाई महानिरीक्षक बनाएको हो ।
सर्वोच्च अदालतमा उजुरी परेपछि सरकारले अदालत खुल्नुअघि आइतवार विहान मन्त्रिपरिषद बैठक बोलाएर निर्णय गरेको हो ।
चन्दलाई बनाउन काग्रेस सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री बिमलेन्द्र निधिलाइ निरन्तर दवाव दिएका थिए । देउवाको निगाहामा चन्द नेपाल प्रहरीले २५ औं महानिरिक्षक बन्न सफल हुनुभयो ।
प्रहरी प्रमुख बनाउदा राजनीतिक हस्तक्षेप छताछुल्ल भएको छ । सत्तारुढ दलहरु कांग्रेसले नेपाल प्रहरीको प्रमुख र माओवादीले शसत्र प्रहरीको प्रमुख मा भागबण्डा गरेका हुन ।
बैठकले नेपाल प्रहरीमा चन्दसँगै सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल यसै साता अवकाश पाउदै हुनुहुन्छ । २०२१ मा वैतडीमा जन्मिनु भएका चन्दले २०४४ सालमा प्रहरी निरिक्षकबाट सेवा आरम्भ गर्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.