बलत्कार घटनाका दोषीलाई तत्काल कारबाहि गर्न अनेमसंघ रुपन्देहीको माग

भैरहवा, फागुन ६ ।अखिल नेपाल महिला संघ रुपन्देहीले कपिलवस्तुको पकडीमा भएको किशोरी बलत्कारको घटना मानवीय अपराधीकरणको पराकाष्ठा भएको जनाएको छ । संघको जिल्ला अध्यक्ष उमा काफ्लेद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ‘ पकडी गाविसमा एक १७ बषिर्य किशोरी सामुहिक रुपमा बलात्कृत हुन पुगेकि छन् । घटना अनुसार गत माघ २६ गते साझ पकडी वजार नजिकैको सीसौघारीमा सामुहिक बलात्कार भएको थियो । घटनाका दोषी ६ जना मध्ये २ जनालाई मात्रै गिरफ्तार गरिएको र अन्य अभियुक्त वारे पहिचान भएपनि प्रहरी प्रशासन्वाट गिरफ्तारी हुन नसकेको अवस्था । साथै कपिलवस्तु जिल्लाको चन्द्रौटामा ६ वषर्ीय बालिका सीता अधिकारी माथि बलात्कार पछी हत्या गरि खोलामा फालेको अवस्थामा फेला परेको घोर अपराधिक घटना जस्ता देशभरी घट्ने घटनाहरुमा यी घटनाहरु तः प्रतिनिधिमुलक घटनाहरु मात्र हुन् । यस्ता जघन्य अमानवीय अपराधिक घटनाहरु प्रति अखिल नेपाल महिला संघ जिल्ला कमिटी रुपन्देहीले घोर निन्दा र भत्सर्ना सहित खेद प्रकट गर्दछ ।’
विज्ञप्तीमा अनेमसंघ केन्दि्रय सदस्यहरु पुष्पाञ्जली उपाध्याय, जानकी न्यौपाने , विमला पन्थी जागेश्वरी चौधरी र नेकपा एमाले प्रदेश नं. ५ सदस्य सावित्रा अर्यालले समेत एक्यैबद्धता जनाउदैं देशमा गणतान्त्रिक संविधान जारी भईसकेको अवस्थामा तुलनात्मक रुपमा विगतका संविधानहरुमा भन्दा वर्तमान संविधानमा महिलाहरुका केहि थप अधिकारहरुको व्यवस्था भएतापनि हाम्रो मुलुकमा अझैपनि महिला हिंसामा घटनाहरु कम हुनुको सट्टा दिनानुदिन झन् वढ्दै चिन्ताको विषय भएको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएका छन् ।
महिला नेतृहरु र अनेमसंघ रुपन्देहीले पछिल्लो समय वढ्दै गईरहेका महिला हिंसाका अपराधिक घटनाहरुको उचीत छानवीन गरि अपराधिहरुलाई कडा भन्दा कडा सजाएका लागि कारवाहीको दायरामा ल्याउन, पीडीतलाई क्षतिपूर्ति र निःशुल्क स्वास्थ्य उपचारको माग गर्दै र तत्काल आवश्यक सुरक्षा व्यवस्था मिलाउन र प्रभावकारी कदम चाल्न स्थानीय गृह प्रशासन् ,सुरक्षा निकाय लगाएत नेपाल सरकार समक्ष जोडदार माग समेत गरेकेा छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.