पत्रकार महासघ रुपन्देहीमा नयाँ कार्यसमिति निर्वाचित

बुटवल । नेपाल पत्रकार महासघ रुपन्देहीको दशौ अधिवेशनले यानेन्द्र जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
फागुन ३ गते बुधवार विहान सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार जिसीले प्रेस युनियन नेपाल, प्रेस सोसाईटी र संघीय पत्रकार संगठनको प्यानलबाट अध्यक्षका प्रत्यासी खिमानन्द भट्टराईलाई पछाडी पार्दे निर्वाचित भएका हुन् । प्रेस चौतारी, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतशिल पत्रकार संघको संयुक्त पाँच संगठनको मोर्चाबाट अध्यक्षमा निर्वाचित जिसीले कुल १५२ मत ल्याएका छन् भने अर्का प्रत्यासी भटराईले कुल ११२ मत ल्याएका छन् ।
महासंघको उपाध्यक्ष पदमा दिनेश पाण्डेले १२९ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रत्यासी हरिष ढकालले १२६ मत ल्याएका छन् । समावेसी महिला उपाध्यक्षमा निरु गौतमले १ सय ४८ मत ल्याएर बिजयी भइन भने प्रत्यासी रेखा भुषालले १ सय ६ मत ल्याइन । सचिव पदमा राम प्रसाद अचार्य १२९ सहित विजयी भए । उनका प्रत्यासी भवानी प्रसाद पाण्डेले १२६ मत पाए ।
सह सचिव खुल्ला पदमा कमल रायमझी १ सय ४७ मत ल्याउदै विजयी भए । उनका प्रत्यासी रमशे पोखरेलले १ सय १ मत ल्याए । यस्तै समावेसी सह सचिव पदमा विनोद परियार १ सय ५९ मतका साथ विजयी भए भने उनका प्रत्यासी सुमन रस्मी श्रेष्ठले ९० मत प्राप्त गरे । कोषाध्यक्ष पदमा १ सय ४१ मत सहित स्वस्तिक श्रेष्ठ विजयी भए भने उनका प्रतिष्प्रधि सिपी खनालले १ सय ८ मत पाए ।
त्यस्तै जनजाति कोटामा हिक्मत, महिला सदस्यमा मायाँ केसी र मधेसी कोटामा विरेन्द्र मिश्रा तथा समावेसी सदस्यमा कृष्ण खनाल विजयी भए । कार्यसमिति खुल्ला सदस्यहरुमा विकास पराजुली १ सय ४२, प्रकाश आचार्य १४१, भुवन पाण्डे १४४, प्रकाश डुम्रे १५४, कपिल अधिकारी १४३, ईन्द्रा खनाल १३५, विरेन्द्र कुँवर १३५, सन्जु पौडेल १३२ मत सहित विजयी भएका छन् ।
त्यस्तै केन्द्रिय पार्षदहरुमा शेरबहादुर केसी , डिआर घिमिेरे, बालकृष्ण चापागाइ, रामकृष्ण भण्डारी, लक्ष्मण पोखरेल, हरि लम्साल, कपिल ज्ञवाली, भरत केसी, बिक्रम खड्का, रुद्रहरी कुवर विश्वास ढकाल, टिपी भुषाल, डायलशन अधिकारी, श्यामशंकर पाण्डे , माया गौतम, मिना ढकाल ,दीपक ज्ञवाली,मोहन चापागाइ,प्रदीप आचार्य,कृष्ण मल्ल,अमृत गिरि,केशब भण्डारी,छबिलाल बिक, बिनोद पहाडी, लगायत निर्बाचित भएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.