प्रजातन्त्र दिवस– सवैतिर दलीयकरण, जनता हेरेको हेर्यै

फाल्गुन ७ । फागुन ७ गतेको ६७ औं प्रजातन्त्र दिवसमा औपचारिक कार्यक्रम आयोजना गरिएका छन । २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप एकसय ४ वर्षे जहाँनिया राणा शासनको अन्त्य भई मुलुकमा प्रजातान्त्रिक व्यवस्था शुरु भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ । राणा शासनको अन्त्य भएपछि तत्कालिन राजा त्रिभुवनले देशमा प्रजातन्त्र उदय भएको घोषणा गर्नुभएको थियो । तर ६७ बर्षसम्म पनि प्रजातन्त्र जनताको अझै हुन सकेको छैन । राजनीतिक दल र तिनका नेताका ब्यवहारले प्रजातन्त्र जनस्तरमा अनुभूत हुन नसकेको हो । राजनीतिक स्वार्थकै कारण प्रजातन्त्र पटक पटक खोसिएको छ भने उपलब्धि भएपनि सस्थागत हुन सकेको छैन । वि.सं. २०४६ तथा ०६२/०६३ को जनआन्दोलन हुँदै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको छ । तर अहिले पनि सहि प्रजातन्त्र न जनताले अनुभूति गर्न पाएका छन नत राजनीति दलहरुले ब्यवहारमा देखाएका छन । १९ बर्षसम्म पनि स्थानीय निकायको निर्वाचन नहुँदा प्रजातन्त्र हुकुमी र दलीयकरणमा फसेको छ । यसबीचमा दर्जनौ सरकार बने तर जनताको सरकार हुन कुनै पनि सकेनन । सत्ता र शक्तिमा हुनेले लोकतन्त्रका नाममा राज्यश्रोतको चरम दोहन गरेका छन । प्रजातन्त्र दिवस शुभकामना दिने र औपचारिक समारोहमा सिमित बनेको छ ।
यसैबीच प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दल, तथा पूर्व राजाले समेत शुभकामना दिएका छन् । आफ्नो शुभकामना सन्देशमा राष्ट्रपति विद्यादेवी भण्डारीले २००७ साल फाल्गुण ७ गतेको दिन निरङ्‌कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवसका रुपमा मनाउने गरेको स्मरण गर्दै २००७ सालमा प्राप्त प्रजातन्त्रमाथि पटकपटक अतिक्रमण भइरहेको सन्दर्भमा प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा २०४६ साल र २०६२-६३ सालमा सफल जनआन्दोलनहरु भएका ती सबै जनआन्दोलनका प्रतिबिम्बित जनइच्छा अनुसार नै हामी गर्वका साथ संघीय लोकतान्त्रिक संविधान सहितको गणतन्त्रात्मक शासन पद्धति अपनाइरहेका छौँ । भन्नुभएको छ ।
राष्ट्रपतिले इतिहासको लामो कालखण्डको विविध आरोह–अवरोहहरुको उचित मूल्यांकन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी र दायित्व हो भन्दै संविधानले व्यवस्था गरे अनुसारको आवद्यिक निर्वाचन मार्फत् नागरिक अधिकारको सम्मान गर्नु आजको आवश्यकता हो भन्नुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.