जाग्दैछ बुटवलमा नाट्य साहित्य, एकेडेमीले प्रदर्शन गर्दैछ “भोको घर”

बुटवल । कुनै बेला नाटकका लागि प्रख्यात बुटवलमा धेरै बर्ष यता त्यस्ता गतिबिधि शुन्य छन् । नाट्य सम्राट बालकृष्ण समको स्मृति दिबस सकिए लगत्तै बुटवलमा फेरि नाट्य साहित्यको पुनरागमन हुने भएको छ ।
धेरै बर्षको अन्तरालमा मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटीले फागुन ९ गते बुटवलमा यौटा ऐतिहासिक नाटकको बिशेष प्रदर्शन गर्दैछ । चर्चित साहित्यकार गोबिन्द बहादुर मल्ल गोठालेले २० को दशकमा लेखेको एकांकी नाटक भोको घर प्रदर्शन हुन लागेको हो ।
राष्ट्रिय एकता र मेलमिलापमा खलल पुग्ने खतरा बढिरहेका बेला सामाजिक न्याय दिवसको सन्दर्भ पारेर उक्त नाटक प्रदर्शन गर्न लागिएको एकेडेमीका अञ्चल अध्यक्ष मेघराज भट्राईले जनाए । सो नाटकमा मध्ययम बर्गीय परिवारमा आर्थिक संकटले निम्त्याउने सामाजिक र पारिबारिक संकटको चित्रण छ ।
फागुन ९ गते सांझ ४ बजे बुटवलको कान्ति सभागृहमा उक्त नाटक प्रदर्शन हुनेछ । कलाकार केदार श्रेष्ठले परिकल्पना र निर्देशन गरेको उक्त नाटकमा काठमाण्डौका ब्यबसायिक नाट्यकर्मीहरुले अभिनय गर्नेछन् । एकेडेमीको आयोजना र वान वर्ड थिएटर र थिएटर मल काठमाण्डौको सहकार्यमा नाटक प्रदर्शन हुंदैछ । प्रदर्शन निशुल्क हुनेछ । लामो समय नाट्य साहित्यमा सुस्त रहेको बुटवलमा उक्त कार्यक्रमले पुनर्जागरण ल्याउने बुटवल कला साहित्य कला संस्कृति प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवालीको बिश्वास छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.