नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच निर्वाचनको मिति घोषणा गर्ने सहमति

काठमाडौ । फागुन ८ । स्थानीय निर्वाचनबारेको अन्योलता कायमै रहेका बेला सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच छिट्टै निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको काँग्रेस र माओवादी केन्द्रको बैठकमा एक-दुई दिनभित्रै निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचनको मिति तय भएसँगै संविधान संशोधन प्रक्रिया पनि अघि बढाउने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले जानकारी दिनुभयो ।
तर चुनावको मिति तोक्ने सरकारको तयारी प्रति मधेसी मोर्चाले भने आपत्ति जनाएको छ । शनिवार मोर्चाका नेताहरुले प्रधानमन्त्रीलाई पुष्पकमल दाहाललाई संशोधन प्रस्ताव अघि बढाएर मात्र निर्वाचनको मिति घोषणा गर्न सुझाव दिदै अन्यथा सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने चेतावनी दिएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.