बिपी राजमार्ग भत्किदा यातायात अवरुद्ध

बिपी राजमार्ग भत्किदा यातायात अवरुद्ध
बुटवल । फागुन ९ । जापान सरकारको सहयोगमा पर्यावरण र भौगोलिक बनावटलाई नविगारी बनाईएको विपि राजमार्गको सिन्धुली खण्ड भत्केपछि यातायात अवरुद्ध भएको छ । आइतवार राति करिब ३० मीटर सडक सुनकोसीमा भासिएर पैरो गएपछि यातायात अबरूद्ध भएको हो । सिन्धुलीको सितलपाटी–९ मा सडक भासिएको छ । आइतबार राति ११ बजे सितलपाटी र खुर्कोट वीचमा करिव ३० मिटर सडक भासिएपछि बीपी मार्ग भएर पूर्व जाने सवारी ठप्प भएको पत्रकार दिपक श्रेष्ठले जनाएका छन । बैकल्पिक मार्गको रूपमा कच्ची सडक हुँदै खुर्कोटबाट मन्थलीहुँदै पकरबासबाट सित्खा निस्केर पुन बीपी हाइवे निस्कन सकिने पनि उनले जनाए । तस्विर– दिपक श्रेष्ठको फेसुबकबाट

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.