लुम्बिनीखबरको स्तरोन्नति हुने

भैरहवा, फागुन ९ । विगत ७ वर्षदेखि भैरहवाबाट निरन्तर प्रकाशित लुम्बिनीखबर पत्रिकाको स्तरोन्नति हुने भएको छ ।
लुम्बिनीखबर सञ्चारगृह प्रा.लि.को शनिबार सम्पन्न साधारणसभाले पत्रिकाको स्तरोन्नति गर्दै पत्रिकालाई प्रदेशन स्तरीय बनाउने निर्णय गरेको हो ।
कम्पनीका सञ्चालक समिति अध्यक्ष थानेश्वर पाण्डे प्रकाश को सभापतित्व तथा प्रबन्ध सञ्चालक गोकुल पोखरेलको सञ्चालनमा सम्पन्न साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन तथा आगामी कार्ययोजना समेत पारित गरेको छ । सो अवसरमा सञ्चालक समितिमा सल्लाहकार डा. घनश्याम न्यौपाने, उमेशचन्द्र रिजाल र जगतबहादुर रायमाझीले मन्तव्य राख्दै पत्रिकालाई समय अनुकूल थप व्यवस्थित र खोजमूलक बनाउनुपर्नेम्ा जोड दिएका थिए ।
साधारणसभाले हाल हप्ताको आइतबार प्रकाशित हुादै आएको उक्त पत्रिकालाई चैत्र पहिलो हप्तादेखी हप्तामा आइतबार र बिहीबार प्रकाशन गर्ने गरी अर्ध साप्ताहिक बनाउने निर्णय गरेको छ । यसैगरी संचालक समिति सदस्य गोविन्द प्रसाद गिरीको संयोजकत्वमा क्यालेण्डर प्रकाशन र एमडी गोकुल पोखरेलको संयोजकत्वमा स्मारिका प्रशासन उपसमिति पनि गोकुल पोखरेलको संयोजकत्वमा स्मारिका प्रकाशन उपसमिति पनि गठन गरेकेा छ ।
वि.सं २०६७ भदौमा शम्भुप्रसाद खनालको अध्यक्षता एवं प्रकाशनमा प्रकाशन हुादै उक्त पत्रिका संस्थागत रुपमा निरन्तर प्रकाशित एकमात्र पत्रिका हो । पि्रन्ट मिडियाको इतिहास हेर्दा भैरहवा ऐतिहासिक थलो भएतापनि भैरहवा क्षेत्रमा पत्रपत्रिकाले निरन्तरता पाउन नसकेको अवस्थामा लुम्बिनीखबरको प्रकाशनसागै पछिल्लो समय ७ वटा साप्ताहिक पत्रिका निरन्तर प्रकाशित हुने गौरवको कुरा भएको साधारणसभाले निष्कर्ष निकालेको छ ।
साधारणसभाको अवसरमा लुम्बिनीखबरको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको भन्दै कर्मचारीहरुमध्ये जानकी थापा -ग्राफिक डिजाइनर), गोपाल शर्मा -मुख्य वितरक) र वितरकहरु कृष्ण खनाल, मूले कुर्मी र जनार्दन यादवलाई सम्मान गरिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.