परिषदको १९५ औ संगम

भैरहवा, फागुन ९ । सिद्धार्थ साहित्य परिषद रुपन्देहीले १९५ औा मासिक संगम सम्पन्न गरेको छ ।
परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकारहरुले समाजको दर्पण साहित्य भएको हुादा सबै साहित्यकारले आ-आफ्नो सिर्जना मार्फत मुलुकको मार्गदर्शन गर्नुपर्नेमा जोड दिएका थिए ।
वरिष्ठ गजलकार रमेश समर्थनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कथाकार वनमाली निराकार, प्राज्ञ बूाद राना, वरिष्ठ साहित्यकार मणिराम भट्टराई र विजय सागर लगायतले मन्तव्य राखेका थिए भने रामबहादुर श्रेष्ठ, सीता काफ्ले, विमला आचार्य, शशीकला पाठक, घनश्याम विश्वकर्मा, लक्ष्मीप्रसाद अधिकारी लगायतले आ-आफ्नो सिर्जना वाचन गरेका थिए ।
कार्यक्रम सीता काफ्लेको संचालन, लक्ष्मी अधिकारीको स्वागत एवं रामबहादुर श्रेष्ठको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.