निर्वाचनको मिति आज घोषणापछि भोलि नै संविधान संशोधन प्रकृया अघि बढाउने सरकारको निर्णय

बुटवल । फागुन ९ । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने भएको छ । सोमवार बिहान बसेको मन्त्रिपरिषद बैठकले स्थानीय निकाय पुनसंरचना आयोगको प्रतिवेदन आयोगलाई पठाएर तराइमा स्थानीय तहको सख्या जनसंख्यालाइ आधार मानेर थप गर्न सुझाव दिएको छ ।
त्यसपछि सोमवार नै मन्त्रिपरिषदको अर्को बैठक बसेर मिति तोक्ने तयारी सरकारको छ । त्यसका लागि दिउसो मन्त्रिपरिषदको अर्को बैठक बोलाइएको छ । बिहानको मन्त्रिपरिषदले मंगलवार बस्ने संसद बैठकबाट संविधान संशोधन प्रकृया अघि बढाउने निर्णय पनि गरेको छ ।
प्रधानमन्त्रि पुष्पकमल दाहालले सोमवार विहान प्याव्सनको महाधिवेशन उद्घाटन गर्दै चुनावको मिति तोक्न लागेको बताउनुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.