दलहरुबीच कुरा नमिलेपछि संसद बैठक सुचना टासेर स्थगित

काठमाडौ । फागुन १० । संविधान संशोधन प्रस्तावका बिषयमा दलहरुबीच कुरा नमिलेपछि ब्यवस्थापिका संसदको बैठक सुचना टासेर स्थगित भएको छ ।
संसदको अर्को बैठक बुधवार बोलाइएको छ । संविधान संशोधन प्रस्तावको प्रकृयालाइ कार्यसुचीमा राख्न एमालेले नमानेपछि बैठक सुचना टासेर स्थगित गरिएको हो । संशोधन प्रस्तावमा राजनीतिक छलफल गर्न सकिने तर प्रकृयामा तत्काल लग्न नहुने एमालेको भनाइ छ ।
एमाले नेता माधवकुमार नेपालले मधेशी मोर्चा समेत असन्तुष्ट रहेको र राप्रपा तथा एमालेले नमानेको प्रस्ताव सहमति विना अघि बढाउन नहुने बताउनुभयो । मोर्चाका नेताहरुले प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका थिए । तराइ मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले भने– हामी प्रकृया अघि बढाइयोस र परिमार्जन सहित पारित होस भन्ने चाहन्छौ । यसअघि राजनीतिक सहमति जुटाउन भन्दै गत माघ २३ गते पछि संसद बैठक १० फागुन सम्म स्थगित भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.