निर्वाचन हुने सुनिश्चित वातावरण बनाउन एमालेको आग्रह

काठमाडौ । फागुन १० । नेकपा एमालेले स्थानीय तह निर्वाचन हुने सुनिश्चित वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । मंगलवार बसेको एमाले स्थायी समिति बैठकले चुनावको मिति घोषणाको स्वागत गर्दै तोकिएकै मितिमा चुनाव हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । एमालेले चुनाव घोषणास भएपछि आचारसंहिता लागू हुने भएकोले कुनै पनि नियुक्ति र कर्मचारीको सरुवा-बढुवा नगर्न समेत सरकारलाई सचेत गराएको छ । बैठकले स्थानीय तह पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनमा हेरफेर नगर्न पनि सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.