काठमाडौ । फागुन १० । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेको तर संविधान संशोधन प्रक्रिया अगाडि नबढाएको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सर्वदलीय बैठक बहिष्कार गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक मोर्चा सहित केही साना दलले बहिष्कार गरेका हुन । नयाँ शक्ति नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र थरुहट तराई पार्टी नेपालले पनि सर्वदलीय बैठक बहिष्कार गरे । मोर्चाले चुनावको पनि बिरोध गरेको छ । यता नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले पनि चुनावको बिरोध गरेको छ ।
प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलले भने चुनाको स्वागत गरेका छन । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको थियो।
यसैबीच निर्वाचन आयोगले भने तोकिएको समयमा चुनाव गर्न सकिने बताएको छ । आयोगले मंगलवार चुनावको तयारी वारे छलफल समेत गरेको छ ।