शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको बार्षिकोत्सवमा सरसफाई

बुटवल, फाल्गुण ११, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड स्थापनाको ९ औं वर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा बैंकले ग्रीन सिटि क्लिन सिटि भन्ने नाराकासाथ बुटवलमा सरसफाई कार्यक्रम गर्नुका साथै नयां बसपार्क देखि मिलनचोकसम्मको रोड डिभाइडरमा रोटरी क्लव अफ बुटवल साउथसंगको सहकार्यमा बृक्षारोपण गर्नुका साथै उक्त बृक्षरोपणको संरक्षण गर्ने जनाएको छ ।
उक्त बाषिर्कोत्सवको अवसरमा बैंकले स्टेकहोल्डर्स मिट कार्यक्रम गरि बैंकको वर्तमान अवस्था, बैंकको भावी कार्यक्रम प्रस्तुत गरेको छ ।
राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नती, बुटवल उपमहानगरपालिकाको कालिकानगरमा आफ्नो अत्याधुनिक भवन निर्माण गरि उक्त भवनमा केन्दि्रय कार्यालयको संचालन तथा वित्तीय साझरता अभिबृद्धि गर्दे यस क्षेत्रको रोजाईको बैंक वन्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सवल, सुदृढ र विश्वसनीय बैंकको रुपमा रहेको पहिचानलाई कायम राख्दै सम्पूर्ण स्टेकहोल्डर्सको हितमा बैंकलाई अगाडी बढाउने जनाएको छ ।
१० जिल्ला कार्यक्षेत्र रहेको बैकको २७ शाखा कार्यालय तथा २ वटा एक्सटेन्सन काउण्टर मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ भने बैंकका अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेको र बैंकिङ्ग सुविधा पहुंचमा बैंकले अत्यन्त जोड दिएको जनाएको छ ।
चुक्ता पूाजी १ अर्व १० करोड रहेको यस बैंकको २०७३ पौष मसान्तमा निक्षेप परिचालन ९ अर्व २० करोड, कर्जा लगानी ८ अर्व १७ करोड र सञ्चालन मूनाफा २६ करोड ८ लाख रहेको छ भने करिव १ लाख ३० हजार भन्दा ग्राहक संख्या रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.