बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा भएको केन्द्रीय सदस्यहरुको निर्वाचनमा सवैभन्दा धेरै मत पूर्वमन्त्री बुद्धिमान तामाङले प्राप्त गरेका छन । अध्यक्षमा यसअघि नै कमल थापा विजयी भइसकेका छन । केन्द्रीय सदस्यहरुको बुधवार सार्वजनिक अन्तिम मत परिणाम अनुसार खुल्लातर्फ निर्वाचित हुने ४० केन्द्रिय सदस्यहरुमा सर्वाधिक १८ सय २८ मत बुद्धिमानले प्राप्त गरे ।
यसैगरी सर्वाधिक मत पाउनेहरु मध्ये दोश्रोमा विक्रम पाण्डे र तेश्रोमा गायिका कोमल ओली रहेका छन ।
यस्तै नायिका रेखा थापा तथा धवलशमशेर राणा, राजेन्द्र लिङ्देल, पूर्व प्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाका छोरा जयन्त चन्द र सुनिल थापा, लगायतले पनि धेरै मत ल्याएर जितेका छन । मंगलबार भएको मतदानमा कूल २८ सयले मतदान गरेका थिए ।