पाल्पा महोत्सवको तया पुरा

पाल्पा।फागुन ११। पाल्पा महोत्सव-२०७३ को तयारी पुरा भएको छ । फागुन १२ देखि २२ गतेसम्म जिल्ला सदरमुकाम तानसेनको टुाडिखेलमा आयोजना हुने महोत्सवको तयारी पुरा भएको हो ।
पाल्पा उद्योग वाणिज्य संघलेे पाल्पा महोत्सव-२०७३ को तयारी पुरा भएको पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक मोहनप्रसाद श्रेष्ठले ११ औा संस्करणका रुपमा गर्न गईरहेको महोत्सव तयारी पुरा भएको बताए । उनी भन्छन्, ‘महोत्सवमा जेष्ठ नागरिक एवं फरक क्षमता भएका व्यक्तिहरुल्ााई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । स्टल सहभागी एवं प्रवेश टिकटमा एक एक थान गोला प्रथाद्धारा मोटरसाईकल उपहार राखिएको छ ।’ यस महोत्सवमा करिब ८ करोड बढिको कारेबार हुने लक्ष्य लिनुका साथै २ लाख ५० हजार दर्शकले अवलोकन रहने छ भन्ने विश्वास आयोजक समितिले विश्वास लिएका श्रेष्ठले बताए । उनले संस्थाको बहुउद्देश्यीय भवन निर्माण तथा समग्र जिल्लाको विकासका लागि महोत्सव गर्न लागिएको बताए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले धुलो, पानी, भीड र शौचालयको उचित प्रबन्ध गर्नुपर्ने सुझाव व्यक्त गरे । वरिष्ठ पत्रकार मेघराज शर्माले महोत्सव जिल्लाको सामाजिक आर्थिक तथा पर्यटकीय विकासमा कोषढुङ्गा बन्ने बताएका थिए । कार्यक्रममा सहभागी पत्रकारहरुले विगतको महोत्सवका कमीकमजोरी सुधार गर्दै अगाडी बढ्दा महोत्सवको व्यवस्थापन राम्रो बन्ने बताएका थिए । कार्यक्रममा तानसेन नगरपालीकाका कार्यकारी अधिकृत अनिल पौडेलले महोत्सवले जिल्लाको सम्भावनालाई उजागर गर्ने बताएका थिए ।
महोत्सवको मुख्य आकर्षणको रुपमा कर्णेल उजिर सिंह थापाको पूर्णकदको शालिक, राउटेद्धारा निर्मित सामागि्रहरुको प्रदर्शनी, टर्की र अष्ट्रिज चरा, फोटो प्रदर्शनी तथा कृषिजन्य सामागि्रहरुको उत्पादन प्रदर्शनी रहने छ । महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीसागै विभिन्न प्रतियोगिता र विभिन्न कलासंस्कृती प्रदर्शनी गरिने कार्यक्रम रहेको छ । महोत्सवमा झण्डै चार सय ६३ स्टल रहने प्रचारप्रसार उपसमितिका संयोजक शैलेन्द्र भट्टराईले बताए । उनी भन्छन्, ‘५० भन्दा बढी स्टलहरु जनचेतनाका लागि राखिएका छन् । स्थानीय उद्योगी व्यापारीहरुलाई पनि महत्वपूर्ण स्थानहरु प्रदान गरिएको छ ।’ कृषि, अटोमोबाईल, आईटि, बैंक तथा वित्तिय संस्था,, गार्मेन्ट, किराना आदी स्टल रहने भट्टराईले बताए ।
संघको मुख्य आयोजनामा हुने महोत्सवको आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, सह-आयोजकमा जिल्ला विकास समिति, तानसेन नगरपालिका, जिल्ला कृषि विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, प्रर्वद्धकमा कृषि उद्यम केन्द्र र नेपाल पर्यटन बोर्ड रहेको छ ।
महोत्सवको मुख्य प्रयोजन नेचर नेष्ट प्रालीले गरेको छ । विशिष्ठ प्रायोजकमा लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल, प्रायोजकमा अर्घाखााची सिमेन्ट, बृज सिमेन्ट सह-प्रायोजकमा ज्ञानेन्द्र अटो, श्रीनगर यातायात व्यवसायी समिति, पुजा कम्यूटर, ग्रामिण आर्थिक विकास संघ -रेडा), हेरिटेज कार्पेट, कन्चन कोईरिज प्रा.लि छ । महोत्सवमा गोल्छा अर्गनाईनजेशन, दिल सुन्दर श्रेष्ठ, टि्रसा डायमण्डले सहयोग गरेका छन् । टिकट प्रायोजन मोवाईल घर र वाईफाई पार्टनरमा बोर्डलिङ्ग छ । साास्कृतिक कार्यक्रम सह-प्रायोजक सेन्चुरी मसला उद्योग, जे.जि.आई. डिष्ट्रिव्यूसन, स्व्ाागतद्धार सौजन्य कर्माचार्य कन्ट्रक्सन, सेन्चुरीहट रेष्टुरेन्ट, श्रीनगर पाल्पा रियल स्टेट, होटल ईन्द्रेणी एन्ड रेष्टुरेन्ट, मदिरा व्यवसायी संघ पाल्पा रहेका छन् ।
महोत्सवबाट ७० लाख आम्दानी हुने र ३० लाख बचत हुने अनुमान संघले गरेको छ । आम्दानीबाट संघको बहुउद्देश्यिय भवन निर्माणका लागि ४० प्रतिशत, सचिवालय व्यवस्थापनमा ३० प्रतिशत, पर्यटन प्रवर्द्धनमा १५, स्वर्ण महोत्सवका लागि १० र टुाडिखेलको स्तरोन्नतिका लागि ५ प्रतिशत खर्च गरिने महोत्सव मूल आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.