काठमाडौ । फागुन ११ । संविधान सशोधन प्रस्तावबारे दलहरुबीच विवाद भएपछि व्यवस्थापिका संसद बैठक बुधवार पनि सुचना टाँसेरै स्थगित भएको छ । कार्यसूचिमा संशोधन प्रस्ताव समावेश गर्ने वा नगर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा मंगलवार पनि ससदको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो। संसदको बैठक बिहिवार ३ वजेसम्मका लागि बैठक स्थगित गरिएको छ । बुधवार सत्ता पक्षले संविधान संशोधन प्रकृया अघि वढाउन खोजेको थियो तर प्रमुख विपक्षी नेकपा एमाले सहितका दलले अस्वीकार गरे। उनीहरुले संशोधन पास भएपनि वा फेल भएपनि मधेशी मोर्चा चुनावमा जाने प्रतिवद्धता जनाए प्रस्ताव अघि वढाउने बिषयमा छलफल हुनसक्ने बताएका छन ।
मधेसी मोर्चाले भने संविधान संशोधन प्रक्रियामा भाग लिने तर संशोधन प्रस्ताव टुङ्गो लागेपछि मात्रै त्यसलाई स्विकार गर्ने वा नगर्ने भन्ने बिषयमा पछि निर्णय लिने भन्दै दोहोरो कुरा गरिरहेको छ ।
यसैबीच नेकपा एमाले सहितका विपक्षी ९ दलले संविधान संशोधन प्रस्ताव संसदमा अघि वढाउन नदिने निर्णय गरेको छन् ।
संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी ९ दलको बैठकले संशोधन प्रस्तावले मुलुकलाई हित नगर्ने भन्दै संसदमा अघि बढाउन नदिने निर्णय गरेको हो ।