निर्वाचन तालिका सार्वजनिक, वैशाख १६ गते उम्मेदवारी दर्ता

काठमाडौं । फागुन, ११ । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले प्रेस विज्ञप्ति जारी गरी वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकेको छ ।
तालिका अनुसार वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, गाउँपालिका/नगरपालिका केन्द्रमा उम्मोदरी दर्ता गर्नु पर्नेछ ।
१७ गते दाबी विरोध र मनोनयन पत्र जाँच गर्ने, १८ गते उम्मेदवारी फिर्ता दिने र १९ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिकामा उल्लेख छ ।
बैशाख १९ गते नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने र ३१ गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुने पनि तालिकामा उल्लेख छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.