बुटवल । सरकारले चुनावको तयारी अघि बढाइरहेका बेला नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमले स्थानीय निर्वाचनको मिति फिर्ता लिन सरकारसँग माग गरेको छ।
संयुक्त विज्ञप्तिमा भागबण्डा र सत्ता स्वार्थमा घोषणा गरिएको निर्वाचनको मिति फिर्ता हुनुपर्ने उल्लेख छ। बिहिबार संयुक्त वक्तव्य जारी गर्दै दुइ दलका अध्यक्षले संयुक्त राष्ट्रिय आन्दोलन निर्माण गर्न अपिल समेत गरेका छन ।
सरकारले बैशाख ३१ गते निर्वाचन गर्ने मिति घोषणा गरेको छ भने निर्वाचन आयोगले चुनावको कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ ।