‘एक दिनका लागि अवरोध नगर्ने’ विपक्षी दलको निर्णयपछि संविधान संशोधन बिधेयकमाथि संसदमा सैद्धान्तिक छलफल सुरु

काठमाडौ । फागुन १२ । ब्यवस्थापिका संसदमा संविधान संशोधन बिधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । संशोधन प्रस्तावको कडा विरोध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा एमाले सहितका विपक्षी ९ दलले एक दिनका लागि संशोधन विधेयकमाथि छलफल गर्न दिने निर्णय गरेपछि संसदमा सैद्धान्तिक छलफल सुरु भएको हो ।
संसद बैठकमा नेमकिपाका सांसदहरुको नाराबाजीका बीच सभामुख ओनसरी घर्तीले संविधान संशोधन विधेयकमाथि संसदमा सैद्धान्तिक छलफल अघि बढाउन कानून मन्त्रीलाइ समय दिनुभएको थियो । कानुनमन्त्री अजयशंकर नायकले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि नेमकिपाका सांसदहरुले ‘राष्ट्रघाती संशोधन फिर्ता गर’ भन्दै नाराबाजी गरेका थिए ।
मधेसी मोर्चाका सांसदले पनि संशोधनमा भाग लिएका छन् ।
त्यसअघि विशेष समयमा बोल्दै एमाले नेता सुवासचन्द्र नेम्वाङले संशोधन प्रस्ताव फिर्ता लिन माग गर्नुभएको थियो । उहाँले आफुहरु संशोधनको छलफलमा भाग नलिने पनि बताउनुभएको थियो ।उहाले संशोधन विधेयकको औचित्य नभएको भन्दै चुनावमा जुट्नुपर्नेमा जोडदिनुभएको थियो ।
संसद बैठक बस्नुअघि विपक्षी ९ दलले एक दिन अवरोध नगर्ने निर्णय गरेका थिए भने त्यसअघि विहान प्रधामन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली तथा सभामुख ओनसरी घर्तीबीच भएको बैठकमा संसद अघि बढ्न दिने सहमति भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.