काठमाडौंबाट एकैदिन ६३६ जना नया शक्तिमा

१५ फागुन, काठमाडौं – नेपाली समाजमा वैकल्पिक राजनीतिक एजेण्डाहरु स्थापित हुने प्रक्रिया तीव्र रुपमा अघि बढिरहेको छ । पछिल्लो समयमा स्वतन्त्र ढंगले सामाजिक रुपमा क्रियाशील युवाहरु नयाा शक्तितिर आकषिर्त भइरहेका छन् । काठमाडौंको बुद्धनगरमा नयाा शक्ति पार्टीले आयोजना गरेको ध्रुवीकरण कार्यक्रममा उपस्थित युवाहरुको उत्साहजनक सहभागिताको दृष्यले त्यही कुराको पुष्टि गर्दथ्यो ।
शनिबार युवाहरुको सामाजिक सञ्जाल सुशासन महाअभियान, संयुक्त जनजाति संघ नेपाल, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी -नेकपा माओवादी) निकट अखिल क्रान्तिकारी र क्रान्तिकारी मजदुर संगठनबीच नयाा शक्तिले गरेको ध्रुवीकरण कार्यक्रममा उपस्थित युवापंक्तिको उत्साहजनक सहभागिताले नयाा शक्तिको बढ्दो आकर्षण र विस्तारिंदै गएको आयतनलाई नै दर्शाउाथ्यो ।
उक्त ध्रुवीकरण कार्यक्रमबाट संयुक्त जनजाति संघ नेपालका संयोजक सन्तोष विके राई, सुशासन महाअभियानका संयोजक मणि पोखरेल -प्रकाश विकल्प), अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय कोषाध्यक्षबाट प्रेम खड्का, अखिल नेपाल टे्रड युनियन क्रान्तिकारी महासंघबाट विष्णु अधिकारीको नेतृत्वमा र माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेसलगायतका पार्टीहरु परित्याग गरी ६३६ जना नेता तथा कार्यकर्ताहरु नयाा शक्तिमा धु्रवीकृत भएका छन् ।
नयाा शक्तिमा धु्रवीकृत हुनेहरुमा चुणामणि गौतम, ठाकुर प्रसाद पोखरेल, ओम प्रकाश लामिछाने, दीपक कार्की, आर के ढुंगाना -मुक्ति), डा. संगम खाईंजु, हिम्मत सिंह लेकाली, निला श्रेष्ठ, रमेश ढुंगाना, सुन्दर गुरुङ, सुनिल सिलवाल, रविन केसी, इश्वरी अधिकारी, गंगा सागर रावत, विदुर कंडेललगायत रहेका छन् ।
ध्रुवीकरण कार्यक्रमबाट नयाा शक्तिमा प्रवेश गर्ने सबैलाई स्वागत गर्दै नयाा शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना पार्टीहरुले परिवर्तित सन्दर्भ अनुसार देशलाई विकास र समृद्धिको दिशातर्फ लैजान नसकेकोले अब वैकल्पिक राजनीतिक धारसहितको नयाा शक्तिको खोजी भइरहेको बताउनुभयो । उहााले देश गरिबी, भोकमरी, कुशासनको दुष्चक्रमा फसेको विद्यमान अवस्थामा पुराना शक्तिहरु राजनीतिक भागबण्डामै अल्भिmएकोले अबको ऐतिहासिक र युगान्तकारी विकल्प नयाा शक्ति नै हुने दाबी गर्नुभयो ।
संयोजक भट्टराईले नयाा शक्तिमा समाहित भएका विभिन्न पृष्ठभूमिका नेताकार्यकर्ताहरुलाई समृद्ध नेपाल निर्माणको सामग्रीको संज्ञा दिंदै आफू नयाा शक्ति बनाउने प्रक्रियामै रहेकोले कसैलाई पनि नयाा र पुराना भनेर भेदभाव नगरिने प्रष्ट पार्नुभयो । उहााले विगतका वाद र विचारभन्दा माथि उठेको विचारको आविश्कार गर्नु नै नयाा शक्तिको मुख्य ध्येय रहेको बताउादै त्यो उद्देश्यले मात्र देशलाई अग्रगामी प्रगति र समृद्धिको दिशातर्फ लैजाने बताउनुभयो । नयाा शक्तिले राजनीतिलाई स्वयं सेवा बनाउने उल्लेख गर्दै उहााले युवालाई नयाा शक्तिमा नेतृत्व तहमा पुग्न पुराना शक्तिहरुमा जस्तो ७०/८० वर्ष कुर्नु नपर्नेसमेत घोषणा गर्नुभयो ।
स्थानीय तहको चुनाव गर्दा संविधानप्रति असन्तुष्ट रहेका मधेशी, थारु, आदिवासी जनजातिहरुको आकांक्षालाई सम्बोधन गरेर चुनावी प्रक्रियामा जाादा मात्रै अहिलेको समस्या समाधान हुने र देश समृद्धिको बाटोमा जाने भन्दै यो देश सबैको साझा भएकोले चुनावमा सबै पक्षहरुको सहभागिता जरुरी रहेको उहााको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नयाा शक्ति पार्टीका प्रदेश नं. ३ का संयोजक गंगा नारायण श्रेष्ठले नयाा शक्तिले हिमाल, पहाड, तराई मधेशलाई एउटै सूत्रमा बााध्ने बताउनुभयो ।
त्यस्तै संयुक्त जनजाति संघ नेपालका संयोजक सन्तोष बिके राईले मुलुकलाई गति दिन र समृद्धिको एजेण्डालाई सफल पार्न आफूहरु नयाा शक्तिमा समाहित भएको बताउनुभयो । त्यसैगरी सुशासन महाअभियानका संयोजक प्रकाश विकल्पले समृद्धिका लागि सागसागै अघि बढ्न नयाा शक्ति रोजेको बताउनुभयो । अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय कोषाध्यक्ष प्रेम खड्काले क्रान्तिको खोक्रो नाराबाट आजित भएर आफूहरु अब नयाा शक्तिको वैकल्पिक राजनीतिक धारमा समाहित भएको बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.