अमेरिकी चलचित्र मुनलाइटलाई ओस्कर अवार्ड

बुटवल । फागुन १६। चलचित्र जगतकै प्रसिद्ध पुरस्कार ओस्कर अवार्डमा अमेरिकी चलचित्र मुनलाइटले उत्कृष्ट चलचित्रको ओस्कर अवार्ड पाप्त गरेको छ । शुरुमा पुरस्कारका घोषणाकर्ताले त्रुटिगरेर उत्कृष्ट चलचित्रको अवार्ड ला ला ल्याण्डले पाएको घोषणा गरेका थिए । तर केही मिनेटमै सो त्रुटि सच्याएर मुनलाइट फिल्म उत्कृष्ठ भएको घोषणा गरिएको थियो । पुरस्कारको घोषणा गर्न स्टेजमा निम्त्याइएका कलाकारद्वय वारेन बेटी र फाए डनअवेले ला ला ल्याण्डले उत्कृष्ट चलचित्रको पुरस्कार जितेको घोषणा गरेसँगै ला ला ल्याण्डको टिम पुरस्कार थाप्न स्टेजमा पुगेको थियो । तर, उनीहरुको खुसी धेरै मिनेट टिक्न सकेन । लगत्तै उद्घोषकले नाम घोषणा गर्दा त्रुटी भएको र वास्तवमा उत्कृष्ट चलचित्रको अवार्ड मुनलाईट चलचित्रले हात पारेको घोषणा गरेका थिए । मूनलाईट फिल्मले उत्कृष्ट चलचित्रका साथै उत्कृष्ट सहअभिनेता र उत्कृष्ट पटकथाको अस्कर अवार्ड जितेको छ । सांगितिक रोमान्टिक चलचित्र ला ला ल्याण्डले उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्री सहित ६ वटा विधामा अस्कर अवार्ड हात पारेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.