काठमाडौ । फागुन १७ । नेपालका लागि भारतीय राजदुतको कार्यकाल मगलवार सकिएसँगै भारतीय राजदुतावास नेतृत्वविहिन भएको छ ।
आफ्नो कार्यावधि पूरा गरि नेपालका लागि मित्रराष्ट्र भारतका राजदूत रणजीत रेले बुधवार नेपाल छाड्दै हुनुहुन्छ । कार्यकाल सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलवार नै रे ले बिदाई भेट गर्नुभयो ।
भेटमा पारस्परिक सम्बन्धको बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
रे साढेतीन वर्ष देखि नेपालमा राजदूत पदमा कार्यरत रहनु भएको थियो । राजदूत रे बुधवार स्वदेश प्रस्थान गर्दै हुनुहुन्छ ।